Salime Malika Krishi Farm

Awareness Campaign

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते



ओझेलका खबर संवाददाता
१८ घण्टा अगाडि


Awareness

Place for ads

रुपन्देही: आज मंगलबार बिहान रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर एकापसमा ठक्कर खाँदा २१ जना विद्यार्थी घाइते भएका छन्।

मणिग्रामस्थित शान्ति नमूना माविको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका-४, बसन्तपुरमा एकापसमा ठक्कर खाएका हुन्। दुर्घटनामा उक्त विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत २१ जना विद्यार्थी घाइते भएका छन्।

घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज भैरहवामा र ४ जनाको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ भने ४ जना डिस्चार्ज भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताए।

सिंचाई
Forest
Ad.

बिहानपख बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी सापकोटाले जानकारी दिए। प्रहरीले बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो