Smoking Causes Cancer

राष्ट्रिय सभामा लुम्बिनीबाट तीन वटै सदस्य कांग्रेस-एमाले-जसपा गठबन्धनका विजयी



ओझेलका खबर संवाददाता
९ महिना अगाडि


Place for ads

गुल्मी: राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्य कांग्रेस-एमाले-जसपा गठबन्धनले जितेको छ।

आइतबार साँझ मतगणना सकिएकोमा महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाइन्।

सिंचाई
Forest
Ad.

त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन्।

अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी भए। नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए।

अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए। माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो