Salime Malika Krishi Farm

Awareness Campaign

राष्ट्रिय सभा निर्वाचन हुँदै, गुल्मीबाट दुई जना भिड्दै



प्रेम सुनार
१ हप्ता अगाडि


Awareness

Place for ads

गुल्मी। राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। यस निर्वाचनमा गुल्मीबाट दुई जना नेता/नेतृ भिड्दै हुनुहुन्छ। नेपाली काङ्ग्रेसबाट चन्द्रबहादुर केसी र नेकपा एमालेबाट रामकुमारी झाँक्री भिड्नु हुने भएको हो।

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने जानकारी दिइएको छ। राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ। जसमध्ये कोशी प्रदेशबाट नेपाली काङ्ग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। नेकपाका उम्मेदवार हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न समयमै नआएपछि थापा निर्विरोध हुनुभएको छ। यता एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन्। बाँकी १७ सदस्यका लागि आज निर्वाचन हुन गइरहेको हो।

आयोगका अनुसार सातवटै प्रदेशका मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मतदाता हुन्छन्। राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहलाई १९ मतभार र प्रदेश सभा सदस्यतर्फ ५३ मतभार कायम गरिएको छ। केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट उनीहरूको नाम हटाइएको आयोगले जनाएको छ।

सिंचाई
Forest
Ad.

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये काङ्ग्रेस र एमालेले भागबण्डा गरेर क्रमशः ९ र ८ सिटमा उम्मेदवारी दिएका छन्। बाँकी एउटा पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरेका छन्।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन्। भागबण्डा अनुसार कोशी प्रदेशमा काङ्ग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन्। मधेश प्रदेशमा काङ्ग्रेसका धर्मेन्द्र पासवान, रन्जित कर्ण र एमालेका रेखा झा उम्मेदवार छन्।

बागमती प्रदेशमा काङ्ग्रेसले गीता देवकोटा र एमालेले प्रेम दंगाललाई उम्मेदवार बनाएको छ। गण्डकी प्रदेशमा काङ्ग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट सम्झना देवकोटा उम्मेदवार छन्। लुम्बिनी प्रदेशमा काङ्ग्रेसका केसी, वासुदेव जंगली र एमालेबाट झाँक्रीसहित ३ जना उम्मेदवार छन्। कर्णाली प्रदेशमा काङ्ग्रेसबाट ललितजंग शाही, एमालेबाट मिना रखाल, सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी उम्मेदवार रहेका छन्। नेपाल कम्युनिस्ट पार्टीले सबैतिर एकल उम्मेदवारी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →