Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा दुई पदका लागि ४० जनाको उम्मेदवारी (नामावली सहित)



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा प्रतिनिधि सभा सदस्यको जम्मा दुई पदका लागि ४० जनाको उम्मेदवारी परेको छ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ मा १८ जनाको र २ मा २२ जनाको उम्मेदवारी सहित कुल ४० जनाको उम्मेदवारी परेको हो। ४० जनामध्ये जम्मा दुई जना दलित र तीन जना महिलाले उम्मेदवारी दिएका छन्।

यी हुन् क्षेत्र नम्बर १ का १८ जना उम्मेदवारहरू:
नेपाली कांग्रेसबाट चन्द्रकान्त भण्डारी, एमालेबाट प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) बाट सुदर्शन बराल*, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर थापा, राप्रपाबाट अजितकुमार श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट मैया लक्ष्मी त्यागी, नेशनल रिपब्लिक नेपालबाट लोकबहादुर थापा, मङ्गोलियन नेशनल अर्गनाइजेसनबाट खड्कबहादुर गुरुङ र आम जनता पार्टीबाट शिखा रेश्मी रहेका छन्।

सिंचाई
Forest
Ad.

त्यस्तै स्वतन्त्र उम्मेदवारहरूमा क्रमशः मेघबहादुर गाह, कृष्णबहादुर सुनार, टोपबहादुर थापा, प्रेमप्रसाद श्रेष्ठ, यमबहादुर श्रेष्ठ र विमल ज्ञवाली रहेका छन्।

यी हुन् गुल्मी-२ का उम्मेदवारहरू:
निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार गुल्मी क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ, एमालेबाट गोकर्ण विष्ट, एकीकृत समाजवादी (वा कम्युनिस्ट पार्टी) बाट श्रीराम महत*, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोविन्द पन्थी, राष्ट्रिय जनमोर्चाबाट लालबहादुर थापा क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट पदमबहादुर थापा मगर, नेकपा माओवादीबाट सन्ते नेपाली र मङ्गोलियन अर्गनाइजेसनबाट वेदबहादुर थापाको उम्मेदवारी परेको छ।

अन्य उम्मेदवारहरूमा खुबिराम आचार्य, रामप्रसाद पौडेल, लोकबहादुर पुन, परशुराम कँडेल, महेश्वर घिमिरे, सरस्वती लम्साल, भुमिश्वर सापकोटा, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र भागिरथ थापा रहेका छन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →