श्रीलंकामा समुन्द्री आँधीपछि आएको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । कम्तीमा २ सय जना मानिस बेपत्ता भएका छ्न ।
त्यस्तै २० हजार भन्दा बढी घर क्षतिग्रस्त भएको त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बिबिसीको समाचारमा उल्लेख छ ।
१ लाख ८ हजार मानिसलाई अस्थायी शिविरहरुमा राखिएको बताईन्छ । दित्वाह नामको समुन्दी आँधीपछि श्रीलंकामा आपतकाल घोषणा गरिएको र
देशको करिब एक तिहाइ भागमा बिजुली र खानेपानी आपूर्ति ठप्प रहेको बिबिसीले जनाएको छ ।
केलानी नदीको पानीको स्तर द्रुत गतिमा ढ्दै जाँदा त्यस क्षेत्रका मानिसलाई अन्यत्र सार्न सरकार लागेको छ । मृत्यु हुनेमा क्यान्डी र बदुल्ला भेगका बढि छन् । अनुराधापुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ ।
श्रीलंकाली सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि अपिल गरेको छ । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न विदेशमा रहेका श्रीलंकालीहरूलाई समेत सरकारले आव्हान गरेको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




