Smoking Causes Cancer

श्रीलंकामा बाढीपहिरोमा १९३ जनाको मृत्यु , कम्तीमा दुई सय जना बेपत्ता



ओझेलका खबर
८ महिना अगाडि


Place for ads

  श्रीलंकामा समुन्द्री आँधीपछि आएको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । कम्तीमा २ सय जना मानिस बेपत्ता भएका छ्न ।
त्यस्तै २० हजार भन्दा बढी घर क्षतिग्रस्त भएको त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बिबिसीको समाचारमा उल्लेख छ । 
१ लाख ८ हजार मानिसलाई अस्थायी शिविरहरुमा राखिएको बताईन्छ । दित्वाह नामको समुन्दी आँधीपछि श्रीलंकामा आपतकाल घोषणा गरिएको र
देशको करिब एक तिहाइ भागमा बिजुली र खानेपानी आपूर्ति ठप्प रहेको बिबिसीले जनाएको छ ।
केलानी नदीको पानीको स्तर द्रुत गतिमा ढ्दै जाँदा त्यस क्षेत्रका मानिसलाई अन्यत्र सार्न सरकार लागेको छ । मृत्यु हुनेमा क्यान्डी र बदुल्ला भेगका बढि छन् । अनुराधापुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ । 
श्रीलंकाली सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि अपिल गरेको छ । प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न विदेशमा रहेका श्रीलंकालीहरूलाई समेत सरकारले आव्हान गरेको छ । 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो