-
गुल्मी , मङ्सिर -७ । आज बिहान करिब पौने १० बजेको समयमा गुल्मीको रेसुङ्गा नगरपालिका -३ भाडगाउँका अनिल बस्नेतको गोठ जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी गङ्गा बहादुर सारुका अनुसार बस्नेतको
ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्चि गोठमा कुडो पकाउने क्रममा अचानक आगलागि भई गोठ जलेर पुर्ण रुपमा क्षति भएको हो ।
उप्त खबर पाउन साथ रेसुङ्गा नगरपालिकाको दमकल लिएर जिल्ला प्रहरी कार्यालय बाट प्रहरी टोली पुगेर र स्थानियको सहयोगमा पौने ११ बजेतिर आगो नियन्त्रणमा लिएको जनाईएको छ ।
गोठमा बाधेको २ वटा भैसी र १ वटा गाई जलेर सामान्य घाईते भएको र मानविय क्षति नभएको त्यस वडाका वडाध्यक्ष बाबुराम खत्रीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




