तानसेन , मङ्सिर ५ ।
दाङ बाट पाल्पाको रानीमहल अवलोक भ्रमणमा आउँदै गरेको तानसेन -१२ बैकुण्ठे भिरमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दाङ्ग राजपुरको साधरण नमुना माविबाट रानीमहल सहित पाल्पाको शैक्षिक भ्रमणमा आएको ना १० ख १०८९ नम्बरको बस अनियंत्रित भई सडकको भित्तामा पल्टेर दुर्घटना हुँदा बसमा सवार मध्ये ११ जना घाईते भएको पाल्पा प्रहरीले जनाएको छ ।
घाईते मध्ये दुई जना मात्र घोराही उपमहानगर पालिकाका छ्न भने अरु सबै राजपुर नगरपालिका ५ र ६ का छ्न ।उनिहरुको मिशन अस्पतालमा उपचार भईरहेको छ । अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी होम प्रकाश चौधरीले जानकारी दिनु भयो ।

दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको छ । उनीेहरुको अवस्था सामान्य छ ।रासस
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







