नवलपुर, कार्तिक ५: आज बिहान करिब पौने १० बजेको समयमा नवलपुर खजुरी खोला नजिकै बस दुर्घटना हुँदा कम्तिमा २५ जना घाइते भएका छ्न।
मध्यबिन्दु नगरपालिका-८, खजुरी खोला नजिकपूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बुटवल तर्फ जाँदे गरेको लु २ ख २८४५ नम्बरको यात्रुवाहक बसको चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी १०/१५ मिटर खाल्डोमा खसी पल्टिन जाँदा बसमा सवार करिब ३०/३५ जना यात्रुहरु मध्ये १५/२० जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारीले डिएसपी मधु नेपालले पठाएको विवरणमा उल्लेख छ।
घाइतेहरुको उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको र घाइतेको अवस्था सामान्य रहेको उहाँले बताउनु भयो।
प्रहरी चौकी तम्सतिया (पूर्व) बाट प्रहरी टोली खटी गएको घटनास्थल पुगेर उद्धार कार्यमा जुटेको जनाईएको छ। घटनाबारे अनुसन्धान भईरहेको उहाँले बताउनु भयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







