तम्घास , कार्तिक -२८ ।गुल्मीको इस्मा गाउँपालिका- १ हर्पुकोट गुर्वाका स्वर्गिय समाज सेवि नामबहादुर खत्री र उहाँकी धर्मपत्नी हरिकला खत्रीको स्मृतिमा उहाँका छोरा भुपाल खत्री सहितको परिवारले एकल महिला सहितका बेसहारा , विपन्नहरुलाई खाद्यान्न राहत प्रदान गरेका छ्न ।
हालको वडा नम्बर १ तत्कालिन हर्पुकोट गाउँपञ्चायतको दुई दुई दुई पटक प्रधानपञ्च रहेर समाज सेवाको क्षेत्रमा २०५३ साल सम्म हर्पुकोटबासीको मात्र होईन हालको इस्मा गाउँपालिका , छिमेकी मुसिकोट नगरपालिका र जिल्लाभरका अगुवा समाज सेवीको रुपमा चर्चित नाम थियो नामबहादुर खत्रीको ।
२०२१ साल र २०२५ सालमा गरि दुई पटक सम्म तत्कालिन हर्पुकोट गाउँपञ्चायतका प्रधानपञ्च रहेका नामबहादुर खत्रीको ६५ बर्षको उमेरमा २०५३ साल बैशाख ४ गते मृत्यु भएको थियो भने उहाँकी धर्मपत्नी हरिकला खत्रीको आज भन्दा ४ बर्ष अघि मृत्यु भएको थियो ।
उहाँहरुको भौतिक शरिर नभए पनि उहाँका छोराहरुले सधैव जिवित तुल्य पारिदिएका छन । गायक कलाकारका रुपमा चर्चित नाम हरि खत्री , उहाँका ६ दाजु भाई मध्ये आज बाबु आमाको स्मृतिम आयोजना गरिएको एक कार्यक्रमा दाजु भुपाल केसी खत्री, अर्का दाजु तारा खत्री , श्रीमति , भाउजुहरु , छोरा छोरी दिदीबहिनीहरु लगायत खत्री परिबारको गुर्वा तलको नयाँ घर झरना भन्ने स्थानमा बाक्लो उपस्थिति थियो ।
काईला छोरा भुपाल केसी खत्री नेपाल प्रहरीको सेवा निवृ प्रहरी नायव निरीक्षक हुनुहुन्छ । उहाँका बसाई काठमाण्डौमा छ । तर उहाँले हरेक बर्ष बाबु आमाको पुञ्य तिथीमा नजिकका नातागोतालाई मात्र सम्झीन ु हुन्न ,बाबु आमाको स्मृतिमा गाउँ घरका दिन दुखी बेसहरालाई धोरै भए पनि राहत प्रदान गरेर समाज सेवी बाबु आमाको आत्माले शान्ति पाओस भन्ने सोच्नु हुन्छ ।
उहाँको यहि उद्धेश्य अनुरुप आज पनि उहाँले इस्मा गाउँपालिका १ वडा कार्यालयको सिफारिसमा परेका अति विपन्न , त्यसमा पनि बेसहारा एकल महिलालाई खाद्यन्न राहत प्रदान गर्नु भएको छ सम्पुर्ण खत्री परिबारको तर्फबाट ।
राहत पाउनेमा हरिमाया मुखिया , झुपकला कुमाल , दिनी सुनार , सिता बिक, शान्ति ज्ञवाली, नमसरा जैसी, शारदा घिमिरे , बिष्णु खत्री , मनकला कुँवर र सोमे मुखिया हुनुहुन्छ ।
उहाँहरुका बारेमा हामीले स्थलगत रुपमा बुझ्दा अत्यन्तै पिडित र बेसहरा पायौं । जंगलमा बास बसेकी बेसहारा महिला नमसरा जैसीको विचल्लीको कथा त हामी सविस्तार पस्कीदै जाने छौं ।
उनै पात्रहरुलाई खत्री परिबारबाट राहत वितरण कार्यक्रमको ढोका उघार्नु भएको थियो इस्मा गाउँपालिका वडा नम्बर १ की वडा सचिब शुभद्र अर्यालले ।
लगत्तै त्यस वडाका वडाध्यक्ष शेरबहादुर कुँवर , पुर्व वडाध्यक्ष चुराबहादुर खत्री , वडासदस्यहरु , वडा कर्मचारीहरुको रोहवरमा खत्री परिबारले बाबु आमाको स्मृतिमा एकल महिला तथा अति विपदमा परेका परिबारलाई राहत वितरण गरेका थिए ।
नेपाल प्रहरीका सेवा निवृत्ति प्रहरी नायव निरीक्षक काईला छोरा भुपाल केसी खत्रीले भन्नु भयो राहत प्रदान धेरै त छैन, तै पनि बाबु आमको स्मृतिमा धेरै भए पनि हामी सबै खत्री परिबारले सम्झेका छौं , आगमी दिनमा यसलाई निरन्तरता दिईने छ ।
कार्यक्रममा सहभागि इस्मा वडा नम्बर १ का पुर्व वडाध्यक्ष चुराबहादुर खत्रीले स्वर्गिय समाज सेवी नामबहादुर खत्रीले समाजमा पुराएको योगदानको स्मरण गर्दै उहाँका छोराहरुले विपन्न बेसहराहरु प्रति बाबु आमकै पिढो थामेर गर्ने गरेको सहयोगलाई निरन्तरता दिएको प्रति धन्यबाद दिनु भएको थियो ।
स्वर्गिय मनबहादुर खत्रीका छोरा भुपाल केसी खत्री काठमाण्डौं ट्रस्टको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले गाउँमा आएर मात्र होईन , हस्तीचौर यस भेगमा दुखी बिमार , हर समस्या पर्दा काठमाण्डौंमा सहयोग र उद्धार गर्ने उहाँ लगायतका ब्यक्तिहरु भएको र उहाँ धन्यबादका पात्र भएको वडा नम्बर १ का वडाध्यक्ष शेरबहादुर खत्रीले बताउनु भयो ।
छोरा भुपाल खत्री र हरि खत्री मिलेर झरना भन्ने स्थानमा बाबु मनबहादुर खत्री र आमा हरिकला खत्रीको स्मृतिमा भव्य महल समेत बनाउनु भएको छ । स्वर्गिय मनबहादुर खत्रीका सबै छोराछोरी नातिनातिना पलाती सम्मले कमाईको थोरै हिस्सा दिन दुखी र समाज सेवको क्षेत्रमा लगाउँदै आएका छन ।
त्यहाँका वडाध्यक्ष शेरबहादुर कुँवरका अनुसार स्वर्गिय मनबहादुर खत्री भारतिय सेनामा हुनुहुन्थ्यो । पेन्सन निक्ले पछि उहाँले पाटी पौवा चौतरामा पाठशाला सञ्चालन गरेर अहिलेको वडा नम्बर १ मा शिक्षाको ज्योति समेत छर्न भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









