Awareness Campaign

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी



अमृता सेन्चुरी
४ दिन अगाडि


Awareness

Place for ads

तम्घास, कार्तिक  २४: गुल्मीको रेसुंगा नगरपालिका -२ निवासी मधु बस्नेतले स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट मृत्युदाबी भुक्तानी प्रदान गरिएको छ।

बस्नेतले सहकारी मार्फत १० लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्समार्फत गरिएको थियो। ऋणी बस्नेतका श्रीमानको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्युदाबी बापत १० लाख रुपैयाँ र क्रियाखर्चका लागि थप १० हजार रुपैयाँ भुक्तानी उपलब्ध गराएको हो।

सदरमुकाम तम्घासमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल र प्रमुख बजार अधिकृत गणेश चौलागाईंले सो चेक सहकारीकी अध्यक्ष कमला मरासिनी र व्यवस्थापक सरस्वता थापालाई हस्तान्तरण गर्नुभयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बोल्दै सिइओ अर्यालले जीवन बीमा दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो, -“बीमा व्यवसायिक र व्यक्तिगत दुवै जोखिम न्यूनीकरणमा सहायक छ। महिलाको सशक्तीकरणमा पनि यसले ठूलो योगदान पुर्‍याइरहेको छ। हाल देशभरका करिब ४ हजार सहकारी संस्था सन नेपाल लाइफसँग आबद्ध छन्।”

त्यस्तै, जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यमबहादुर थापा र सहकारीकी व्यवस्थापक सरस्वता थापाले बीमाको यो नीतिले सहकारी संस्था र सदस्यहरूको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। उहाँहरूले दुर्घटना र आकस्मिक अवस्थाबाट उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरणका लागि यस्तो संस्थागत बीमालाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

वडा नं. २ का वडाअध्यक्ष हिराबहादुर थापाले पब्लिक क्षेत्रको लगानीले देशमा रोजगारी सिर्जना र आर्थिक सुदृढीकरणमा टेवा पुग्ने बताउँदै यस्तो बीमा योजनाबाट पीडित परिवारले प्रत्यक्ष फाइदा लिन सक्ने उल्लेख गर्नुभयो।

त्यस्तै, क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले सहकारीमार्फत ऋण लिँदा बीमा अनिवार्य रूपमा गरिनु आवश्यक रहेको बताउँदै म्यादी बीमाले सदस्यहरूलाई वास्तविक सुरक्षाको अनुभूति दिलाउने कार्य गरिरहेको उल्लेख गर्नुभयो।

Awareness by SKF

गुल्मी शाखाका प्रबन्धक नवीन अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अहिले सम्म ५ सय भन्दा बढि सहकारी सँग कर्जा सुरक्षण बीमाको लागी सहकार्य गरेको जानकारी दिनुभयो ।

आर्थिक तथा सामाजिक विकासमा योगदान पुराउनका लागि मृत्यु, अशक्तता र आपतकालीन रोगका कारण उत्पन्न हुने आर्थिक जोखिमलाई न्यूनीकरण गर्दै, संस्था, ऋणी र ऋणीका परिवारको दीर्घकालीन वित्तीय सुरक्षा सुनिश्चित गरी किफायती र विश्वासिलो जीवन बीमा सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ।

कार्यक्रममा सहभागी वक्ताहरूले बीमाको पहुँच र प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउनुपर्ने र सबै सहकारी संस्थाहरूलाई यस्तो पोलिसीमा आबद्ध गरिनुपर्नेमा जोड दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

अमृता सेन्चुरी को बारेमा

गुल्मीकी सक्रिय पत्रकार हुन।

अमृता सेन्चुरी द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →