Smoking Causes Cancer

सडक दुर्घटनामा श्रीमान श्रीमतिको मृत्यु



प्रेम सुनार
८ महिना अगाडि


Place for ads

 नवलपुर, कार्तिक २: हिजो साँझ नवलपुरको चोरमारामा भएको सडक दुर्घटनामा परी श्रीमान श्रीमतिको मृत्यु भएको छ। उनीहरुका एक छोरा गम्भीर घाइते भएका छन।

जिल्लाको मध्यबिन्दु नगरपालिका-७, चोरमारा बजार स्थित पुर्व पश्चिम राजमार्गमा कावासोतीबाट तर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ भारतिय नं. प्लेटको बसले सोही दिसा बाट जाँदै गरेको प्रदेश ३-०२-०१० प ७२३० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा सर्लाहीको लालबन्दी नगरपालिका-४ बस्ने मोटरसाइकल चालक ३४ बर्षिय नरेश चौधरी र अन्दाजी ३० बर्षिया उनकी श्रीमति अनिता चौधरीको मृत्यु भएको हो।

सङ्गै मोटरसाइकलमा सवार उनका १० बर्षिय छोरा अनुज चौधरी गम्भिर घाईते भई मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डाबाट थप उपचारका लागि चितवन पठाईएको चिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले जानकारी दिनु भयो।

सिंचाई
Forest
Ad.

यी दम्पतिको उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनु भयो। मृतक नरेश चौधरी नेपाल प्रहरीको प्रहरी सहायक हवल्दार रहेको र बस चालक प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →