Smoking Causes Cancer

सडक दुर्घटनामा गुल्मी र अर्घाखाँचीका दुई युवकको मृत्यु



ओझेलका खबर
८ महिना अगाडि


Place for ads

 गुल्मी , असोज – २९ । अर्घाखाँचीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गुल्मी र अर्घाखाँचीका गरि दुईजनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन्।
    आज साँझ करिब ५ः२० बजे, छत्रदेव गाउँपालिका–१ सौरेखोला नजिक मोटरसाइकल एक आपासमा ठोक्किदा गुल्मीको छत्रकिट गाउँपालिका – ६ दौघाका ३५ बर्षिय सुमन सुनार र अर्घाखाँचीको पाणेनी गाउँपालिका–५ मैदानका २१ वर्षीय तारा बेलबासेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीले पठाएको विवरण यस्तो छ –

खर्ज्याङबाट दुर्गाफाटतर्फ जाँदै गरेको लु ३३ प ६५४४ नं. को होन्डा साइन मोटरसाइकल, जसलाई अर्घाखाँची पाणेनी गाउँपालिका–५ मैदानका २१ वर्षीय तारा बेलबासेले चलाइरहेका थिए, र विपरीत दिशाबाट आउँदै गरेको लु ५८ प ७९७८ नं. को यामाहा १५० सिसी मोटरसाइकल, जसका चालक गुल्मी छत्रकोट गाउँपालिका–६ दौघाट मोहोरेका ३५ वर्षीय सुमन सुनार रहेका थिए, एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनापछि दुबै चालकलाई उपचारका लागि पब्लिक लुम्बिनी अस्पताल, खर्ज्याङ गुल्मी लगिएको थियो, जहाँ चिकित्सकले दुबैलाई मृत घोषणा गरेका छन्।

सिंचाई
Forest
Ad.

सो दुर्घटनामा यामाहा मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया दिपा कोईराला, पाणेनी गाउँपालिका–५ मैदानकी, र होन्डा साइन मोटरसाइकलमा पछाडि सवार ४४ वर्षीय सुरज सुनार, छत्रकोट गाउँपालिका–६ दौघाट मोहोरेका, गम्भीर घाइते भएका छन्।

दुवैको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास (पाल्पा) रिफर गरिएको प्रहरी चौकी बल्कोट, अर्घाखाँचीले जनाएको छ।

दुर्घटनामा संलग्न दुबै मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो