गुल्मी , भदौ-२३ । आज विहान जाजरकोटमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आज विहान करिव १० बजेर २५ मिनेटको समयमा जाजरकोटको शिवालय गाउँपालिका १ सालतडाबाट चौरडाँडा तर्फ आउँदै गरेको क.प्र.०२००१ च ०३५० नम्बरको डबल क्याप बोलेरो जिप अन्यन्त्रित भई सडक देखि करिव २५ मिटल तल खसेर दुर्घटना हुँदा त्यसमा सवार १० जना मध्ये ७ जना घाईते भएको त्यस जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सो कार्यालयल हामीलाई पठाएको विवरण अनुसार त्यस जिप चालक शिवालय गाउँपालिका ८ का हस्तबहादु बुढाको अबस्था गम्भीर रहेको छ ।
उनको टाउँकोमा गम्भीर चोट लागेको छ । त्यस्तै भेरी नगरपालिका १ का ४६ बर्षिया अबिकला रानाको पनि टाउँकोमा गहिरो चोट लागेको र अबस्था गम्भीर छ ।
त्यस्तै मध्येम अबस्था रहने घाईतेहरुमा शिवालय ३ का बर्ष ६० का काँशी प्रसाद जैसी, सोही स्थानकी ५२ बर्षिया शोभाकुमारी रेग्मी, सुर्खेतको सिम्ला गाउँपालिका १ की २५ बर्षिया रेखा सुनार , र उनका अन्दाजी २ बर्षका छोरा सुरेश रहेका छन ।
उनिहरुलाई थप उपचारका लागि नेपालगञ्ज तर्फ बठाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







