Clean Water Campaign

Awareness Campaign

मुसिकोट नगरपालिकाको आयोजनामा सर्वदलीय बैठक सम्पन्न



ओझेलका खबर संवाददाता
१ मिनेट अगाडि


Awareness

Place for ads

मुसिकोट, गुल्मी: मुसिकोट नगरपालिकाको आयोजनामा सर्वदलीय बैठक गुल्मीको वामीटक्सारमा सम्पन्न भएको छ।मुसिकोट नगरपालिकामा क्रियाशील राजनीतिक दलहरु र नगर सरकारबिच सद्भाव र सहमतिको वातावरण विकास गर्नका लागि सर्वपक्षीय बैठक आयोजना गरिएको नगर प्रवक्ता हरिहर सापकोटाले बताऊनुभयो।

बैठकमा नेकपा एमालेबाट नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले, जिल्ला कमिटी सदस्य रामबहादुर बोहोरा, नगर कमिटी सचिव रामकृष्ण कंडेल, नेपाली कांग्रेसबाट नगर सभापति झविलाल भन्डारी, नेता हरिनारायण सापकोटा, ज्ञानहरी सापकोटा, माओवादी केन्द्रबाट डिलाराम सापकोटा, नरबहादुर बराल, चन्द्र रसाईली, रास्वपाबाट कुशल जिसी, एकिकृत समाजवादीबाट यमभक्त खरेल, राष्ट्रिय जनमोर्चाबाट बाबुराम खरेलको उपस्थिती रहेको थियो।

नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले मुसिकोटको विकास र समृध्दिका लागि नगर भित्र कृयाशिल राजनीतिक दलहरु जिम्मेवार भएर लाग्दा राम्रो सन्देश जाने विचार व्यक्त गर्नुभयो।

सिंचाई
Forest
Ad.

सर्वदलिय बैठक समय समयमा आयोजित हुन जरूरी रहेको भन्दै महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा नगर प्रमुख र नगरपालिका प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधी गोविन्द गोपाल खातीले धन्यवाद व्यक्त गर्नुभयो।

सर्वदलिय बैठकमा सहभागीहरूले राखेका नगरपालिका संग सम्बन्धित जिज्ञॅसाहरुको बारेमा नगर प्रमुख जिवलाल खरेल जीवन र प्रशासकीय अधिकृत चेतनाथ गिरीले सहजिकरण गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो