गुल्मी, साउन ८: गुल्मीको सदरमुकाम तम्घासका युवा व्यवसायी कृष्ण खनाले आफ्नो जन्म दिन मनाउँदा गरिने फजुल खर्च कट्टा गरि यहाँको एक शैक्षिक संस्थालाई सहयोग गरेका छन ।
आज साउन ८ गते खनालको जन्म दिन हो । यस अवसरमा खनालले खम्घास खानी गाउँस्थित सिद्धबाबा माध्यामिक विद्यालयलाई ५५ हजार ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन ।
हरेक बर्षको जन्म दिनमा उनले यसरी नै सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन । ‘ शिक्षामा सुचना तथा सञ्चार प्रविधिको प्रयोग गरि शैक्षिक गुणस्तर बृद्धि गर्न योगदान पुराउँदै आएका खनाल अत्याधुनिक सुचना र प्रविधि भित्राउने युवा व्यवसायीको छवि स्थापित गरेका छन । बुटवल सम्म ब्रान्च रहेको हाई स्पिड कम्युटर प्रालिका प्रोप्राईटर रहेका खनाल गत बर्ष राँयढुङ्गा मन्दिरमा निशुल्क सिसीटिभी जडान गरि प्रहरीको सुरक्षा सर्तकतामा योगदान पुराएका थिए ।
जन्म दिनको अलवा त्यस प्रालिको हरेक बर्ष मनाईने बार्षिकोत्सवमा उनले विभिन्न क्षेत्रमा योगदान पुराउनेहरुलाई सुचना , प्रविधि र नगद पुरस्कारले पुरस्कृति गर्दै पनि आएका छन ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |