नवलपुर, साउन -६ । कालिगण्डकी कोरिडोर अन्तरगत नवलपुर सडक खण्ड सुख्खा पहिरोका कारण अबरुद्ध भएको छ ।
गैँडाकोट नगरपालिका–३ स्थित हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको हो ।
कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार बैकल्पिक मार्गका रुपमा रहेको यो सडक खण्ड बिहान साढे ११ बजेदेखि पूर्ण रुपमा बन्द भएको छ । अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उहाँले बताउनु भयो । बाटोमा ठूला ठूला ढुंगा सहितको पहिरो खसेको छ ।
गैँडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले समस्या भोगिरहेका छन् ।
नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेमा अवरोध हुन सक्ने भन्दै यात्रुले कोरिडोरको बाटो प्रयोग गर्ने गरेका छन् । दाउन्ने खण्डमा भने निर्वाध गाडी चलिरहेको प्रहरीले जनाएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |