Smoking Causes Cancer

दुर्घटनाको २५ दिन बित्दा पनि रन्जित खत्रीको अझै होस खुलेन



प्रेम सुनार
१ वर्ष अगाडि


Place for ads

गुल्मी , साउन -६ ।  गत असार १३ गते राती बुटवलमा गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको गाडीले ठक्कर दिदा गम्भीर घाईते भएका गुल्मीका एक युवकको अझै पुर्णरुपमा होस खुल्न नसकेको स्थानीयले बताएका छ्न ।

त्यस दिन राती करिव साढे १० बजेको समयमा बुटवलमा दुर्घटना हुँदा मुसिकोट नगरपालिका -१ पौदिअमराईका रन्जित खत्री घम्भिर भएका थिए ।

हाल काठमाडौंको टिचिङ्ग अस्पतालमा भेन्टिलेटरमा उपचार गराएका खत्रीको आँखा खुले पनि पुर्ण रुपमा होस नखुलेको खत्रीका छिमेकी तथा त्यस वडाका वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनु भयो ।

सिंचाई
Forest
Ad.

मुहारको हड्डी फुटेकोले हिजो अप्रेसन गरिएको जानकारी पाएको श्रेष्ठ बताउनु हुन्छ । खत्रीलाई थप उपचारका लागि मेयर पन्थीले हेलिकप्टर मगाएर काठमाडौं पठाएको र सम्पुर्ण उपचार खर्चको जिम्मा आफुले लिने उहाँले वचन दिएको घाइतेका एक आफन्तले बताउनु भयो ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →