गुल्मी , साउन -६ । गत असार १३ गते राती बुटवलमा गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको गाडीले ठक्कर दिदा गम्भीर घाईते भएका गुल्मीका एक युवकको अझै पुर्णरुपमा होस खुल्न नसकेको स्थानीयले बताएका छ्न ।
त्यस दिन राती करिव साढे १० बजेको समयमा बुटवलमा दुर्घटना हुँदा मुसिकोट नगरपालिका -१ पौदिअमराईका रन्जित खत्री घम्भिर भएका थिए ।
हाल काठमाडौंको टिचिङ्ग अस्पतालमा भेन्टिलेटरमा उपचार गराएका खत्रीको आँखा खुले पनि पुर्ण रुपमा होस नखुलेको खत्रीका छिमेकी तथा त्यस वडाका वडाध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनु भयो ।
मुहारको हड्डी फुटेकोले हिजो अप्रेसन गरिएको जानकारी पाएको श्रेष्ठ बताउनु हुन्छ । खत्रीलाई थप उपचारका लागि मेयर पन्थीले हेलिकप्टर मगाएर काठमाडौं पठाएको र सम्पुर्ण उपचार खर्चको जिम्मा आफुले लिने उहाँले वचन दिएको घाइतेका एक आफन्तले बताउनु भयो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |