Salime Malika Krishi Farm

Awareness Campaign

माओबादी केन्द्र धुर्कोट काठमाडौ सम्पर्क समितिको अध्यक्ष बने पुर्व डिएसपी पोख्रेल



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

कमल राज पुरी
काठमाडौ, असार २१ । नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र ) धुर्कोट काठमाडौ सम्पर्क समन्वय समिति गुल्मीको दोस्रो भेलाले नेपाल प्रहरीका अवकास प्राप्त डिएसपी तथा कानुन व्यबसायी राजेन्द्र पोख्रेल अध्यक्ष पदमा सर्वसम्मत चयान हुनु भएको छ । शनिबार काठमाण्डौमा सम्पन्न भेलाले पुर्व डिएसपी पोख्रेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा सुरेश पाण्डे र सुवर्ण खनाल चयान हुनु भएको छ । त्यस्तै ,सचिवमा जिवलाल खनाल,सह सचिव मञ्जल भण्डारी र सिर्जना पोखरेल,कोषाध्यक्ष अर्जुन जिसी , सदस्यहरु अस्मिता भण्डारी,तिर्थराज पाण्डे,कमल भण्डारी, सन्देश खनाल, प्रशान्त भण्डारी,पदम भण्डारी लगायत चयन हुनु भएको छ ।

नव निर्वाचितहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा माओवादी केन्द्र गुल्मीका पुर्व जिल्ला तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका जनसम्पर्क बिज्ञ बुद्धि जिसीले सपथ ग्रहण गराउनु भएको थियो । भेलालाई सम्बोधन गर्दै नेता जिसीले माओवादी केन्द्रमा २०६४ ताकाकै जनलहर आएको र कलाकार , डाक्टर , ईन्जिनियर समेत माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलेको बताउनु भएको थियो ।

सिंचाई
Forest
Ad.

वाल्मिकि क्याम्पस प्रर्दशनीमार्ग काठमाडौमा सम्पन्न भेलामा सम्पर्क समन्वय प्रदेश समिति सदस्य बिमल खनाल , प्रदेश समिति सदस्य बसन्ता भण्डारी ,लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति सदस्य कृष्ण भण्डारी ,गुल्मी काठमाडौ सम्पर्क समन्य समितिका अध्यक्ष सन्दिप भट्टराई , लुम्बिनी प्रदेश सदस्य बिनिता रोकाय पोख्रेल,उपत्यका विशेष प्रदेश पेशागत महासंघ अध्यक्ष प्राध्यापक डाक्टर सुर्य थापा ,लुम्विनी प्रदेश सम्पर्क समन्वय समिति सदस्य राम प्रसाद ढकाल,अखिल (क्रान्तिकारी ) क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी लगायतको बिशेष आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र गुल्मी काठमाण्डौं सम्पर्क समन्व्य समितिका सल्लाहकार नेरेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका सचिव अशोक खडकाको सञ्चालन रहेको थियो ।सचिव खडकाका अनुसार साउन १० गते सो पार्टीको गुल्मी काठमाडौ सम्पर्क समन्वय समितिको सम्मेलन भव्य रुपमा गरिने तयारी गरिएको सन्र्धभमा धुर्कोट गाउँपालिका स्तरिय भेला सम्पन्न गरिएको हो ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो