यहि असार १३ गते राती बुटवलमा भएको सडक दुर्घटना भए देखि ब्यक्तिगत भेटघाटमा र सामाजिक सञ्चालमा टिकाटिप्पणी सुरु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी र नेपाली कांग्रेसका नेता भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरु सवार गाडीले दुर्भाग्यवस गुल्मीकै एक जना युवक सवार मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाईते हुँदाको भिडियो सार्वजानिक हुँदा मेयर पन्थी माथी बढि नै आलोचना भयो ।
घटनाको केहिवेर मेयर पन्थी घटना स्थलमा नदेखिएको भनेर बढि आलोचना भएको थियो । तर केहि बेर पछि आएर भावविह्ल अवस्थामा सबै सामु उभिएका पन्थी दोश्रो दिन देखि घाईतेको उपचारमा खटिएको देखेर त्यो आलोचना साम्य भएको छ । मेयर पन्थीले बुझ्नु पर्ने कुरा सोसल मिडिया अहिले ठुलो ताकत भएको छ ।
त्यही सोसल मिडियाले रातभरमा आफुलाई कहाँ पुराएको थियो भने त्यही सोसल मिडियाले दोश्रो दिन देखि कहाँ पुरायो ? अर्थात जुन आलोचना खेप्नु परेको थियो त्यसलाई साम्य बनाई दियो । यसर्थ पत्रपत्रिकालाई मात्र मिडिया ठान्नेहरुले अब सोसल मिडियालाई चिन्नु पर्ने बेला भएको छ ।
जसले क्षणभर मै आगो बाल्न पनि सक्छ उत्तिखेरै निभाउन पनि सक्छ । त्यसको उदाहरण यस घटनाले पनि देखायो । त्यस घटनाको भिडियो हेरे पछि कांग्रेस नेता भुवन प्रसाद श्रेष्ठको बढि नै तारिफ भएको छ । जसले दुर्घटनामा परेको गाडी छाडेनन । आक्रोषित भिडमा उभिएर हात जोडिरहे र हातपात, दुब्र्यबहार सहिरहे ।
चोक चोकमा बसेका मानिसहरु भन्दैछन होईन, भुवन श्रेष्ठ त साँच्ची नै निडर नेता रैछन । नेतामा हुनु पर्ने गुण उनमा रैछ । घटना क्रम मानिसको गुण मापन गर्ने कसी हो । यस घटनाले श्रेष्ठलाई गुणवान नेताका रुपमा चिनाएको छ । दोश्रो दिन श्रेष्ठले लेखेको स्टाटसले धेरैको मन छोयो । गम्भीर घाईते मुसिकोट नगरपाालिका १ पौदीअमराईका रञ्जित खत्रीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै श्रेष्ठको उक्त स्टाटस हामी जस्ताको त्यस्तै पस्किएका छौं ।
हेरौ
हिजो १३ गते राति १०।३० को समयमा हामी दाङ्ग बाट बुटवल तर्फ आउदै गर्दा रुपन्देहीको तामनगरमा बिपरीत दिशा बाट आएको मोटरसाइकलले हामी सवार गाडिलाइ ठक्कर दियो । गाडिमा सवार नगर प्रमुख सहित हामी सकुशल छौ भने बाइकमा सवार गुल्मी जिल्ला मु न पा १ निवासि भाइ रन्जित खत्रीको अवस्था चिन्ता जनक छ। भाइको उपचार एडमण्ड सिटि हस्पिटल बुटवल जितगडीमा भै रहेको छ। घाइतेको स्वास्थ्यलाभको कामना गर्दछु । राति घाइतेलाइ हस्पिटलमा ल्याउने प्रबन्ध मिलाउनुका साथै हस्पिटलमा बिरामी र उनका दाजु संग भेट गरी रातको १२ बजे हामी फर्किएका हौ । म मेरो बैनिको अप्रेसन भएकाले बिहान ७।३० को फ्लाइट मार्फत काठमाडौ आएको छु। घाइतेलाइ थप उपचारको लागी सुबिधा सम्पन्न स्थानमा ल्याउनुपरे पनि कुनै कसर बाकी रहने छैन ।आकस्मिक दुर्घटना पछि हामीहरु माथि जुन किसिको दुव्र्यवहारभयो त्यसमा दुख लागेको छ। तथ्यमा आधारित रहेर समाचार संप्रेषण गर्न पनि सबैमा अनुरोध गर्दछु।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |