Smoking Causes Cancer

गुल्मीमा जंगली च्याउ खाँदा तीन जना बिरामी



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

गुल्मी, असार १३ । गुल्मीको मुसिकोट नगरपालिकामा जंगली च्याउ खाँदा एकै परिबारका तीन जना बिरामी परेका छन ।त्यस नगरपालिका ४ दिगामचौरका ३६ बर्षीया गिता कुमाल , ७६ बर्षीय थम्मन कुमाल र ६८ बर्षीया फुलमाया कुमाल जंगली च्याउको तरकारी संग खान खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यस कार्यालयका सुचना अधिकारी डिएसपी गंगाबहादुर सारुले पठाएको विवरण अनुसार हिजो विहान जंगली च्याउको तरकारी संग खान खाएका उनिहरु बिरामी परेको भनि हिजो साँझ अस्थाई प्रहरी पोष्ट ईन्द्रेगौडालाई जानकारी गराईएको थियो ।

जानकारी पाउन साथ हवल्दार कृष्णमोहन केवटको कमाण्डमा त्यस स्थानमा पुगेको प्रहरी टोलीले उनिहरुलाई उपचारका लागि लुुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास अस्पताल पठाएको बताईएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो