Smoking Causes Cancer

कालिगण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीका श्रीमान मृत फेला



ओझेलका खबर
१ वर्ष अगाडि


Place for ads

गुल्मी, असार १२ । गुल्मीको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी दर्लामीका श्रीमान आज साँझ करिव डेढ घण्टा अघि झुण्डिएको अबस्थामा घरमै मृत फेला परेको दुखद समाचार प्राप्त भएको छ ।
छिमेकीका अनुसार उहाँका श्रीमान सोही पालिका वडा नम्ब २ अर्वेनी, भयकोट निवासी अन्दाजी ३७ बर्षीय तिलक दर्लामी घर मै मृत फेला पर्नु भएको हो । हुन ।

े उहाँका श्रीमान झुण्डिएको अबस्थामा मृत फेला परेको े नेकपा माओवादी केन्द्रका जिल्ला नेता तथा स्थानीयवासी मोहनीलाल भट्टराईले जानकारी दिनु भयो । ‘उहाँको मृत्युको खबर सुन्दा श्रीमति उपाध्यक्ष दर्लामी पुर्तिघाट गाउँपालिका कार्यालयमै हुनुहुन्थ्यो , भट्टराईले भन्नु भयो उहाँ संगै अहिले हामी घरमा ( घटनास्थल ) आएका छौं , पुर्तिघाटबाट प्रहरी टोली पनि आई पुगेको छ र घटनाबारे अनुसन्धान हुँदैछ । ’
उहाँका अनुसार उपाध्यक्ष दम्पत्तीका दुई छोरी र एक छोरा छन । उपाध्यक्ष दर्लामी नेकपा माओवादी केन्द्रकी नेतृ हुनुहुन्छ । यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी गंगाबहादुर सारु संग संग फोन गर्दा फोन उठेन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो