Clean Water Campaign

Awareness Campaign

गुल्मीका एक युवकको लण्डनमा मृत्युु



प्रेम सुनार
२ महिना अगाडि


Awareness

Place for ads

  गुल्मी, असार १: बेलायतको लण्डनमा बस्दै आएका गुल्मी जोहाङ्गका एक युवकको मृत्यु भएको दुखद समाचार प्राप्त भएको छ। लन्डनको हन्सलोमा बस्दै आएका गुल्मीको सत्यवती गाउँपालिका-६, जोहाङ्गका २७ वर्षीय विपिन न्यौपाने हिजो शनिबार दिउँसो कार्यरत स्थान मै मृत्यु भएको त्यहाँबाट सञ्चालित नेपाली लिन्क मिडियाले जनाएको छ।

त्यस मिडियालाई प्राप्त जानकारी अनुसार घटनाबारे बेलायती प्रहरीले अनुसन्धान अघि बढाएको छ। एक वर्षअघि अध्ययनका लागि बेलायत आएका न्यौपाने नेपालदेखिकै साथीहरुका साथमा लन्डन हन्सलोमा बस्दै आएका थिए।

सेन्ट जोन युनिभर्सिटी योर्कबाट मास्टर्स पूरा गरेपछि उनले हालै पिएसडब्लु भिसा लिएर फुलटाइम काम गर्ने गरेका थिए।

सिंचाई
Forest
Ad.

लन्डनको कुनै एक क्लिनिङ कम्पनीका लागि कार्यरत न्यौपाने वेम्बली स्टेडियममा खटिएका थिए। काममा समेत उनी प्रमोट भएर सुपरभाइजर बनेका थिए।

गुल्मी घर भए पनि न्यौपानेको परिवार रुपन्देहीको मणिग्राममा बस्दै आएको छ। बाबुआमाका दुई सन्तानमध्ये मृतक परिवारका एक्ला छोरा थिए भने उनकी एक दिदी अहिले जापानमा कार्यरत छन्।

मृतकका आफन्त र साथीभाईले बताए अनुसार नजिकबाट बुझ्दा न्यौपानेको सबै कुरा ठीकठाक देखिन्थ्यो। बेलायत आएको एक वर्षमै मास्टर्स पूरा गरेर काम गर्ने भिसा पाएका थिए। फूलटाइम काम भएकाले भर्खर कमाई गर्ने मेसोमा थिए।

लन्डनस्थित नेपाली दूतावासले पनि मृतकको परिवारसंग सम्पर्क गरेको र त्यहाँको प्रहरी अनुसन्धान पछि नेपाल शव पठाउने प्रक्रिया भई रहेको जनाईएको छ। यस बारे सत्यवती गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णु प्रसाद भण्डारी संग बुझ्दा विपिको परिवार मणिग्राम बस्ने गरेको, सानोमा यहि पढेको र साढे दुई बर्ष अघि लण्डनमा पुगेका उनि मृत्युु भएको आधा घण्टा अघि मात्र आफुले जानकारी पाएको बताए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →