गुल्मी, जेठ ३१: गएराती पोखराको एक होटलमा गुल्मीकी एक महिलाको रहस्यमय अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार बुटवल उपमहानगरपालिका १७, रानिगन्जबाट घुम्न आएकी ३२ वर्षकी सरिता भण्डारी पोखरा महानगरपालिका वडा नं ६ स्थित होटेल रुद्राक्षमा मृत फेला परेकी हुन्।
डिएसपी बस्नेतले घटनाको अनुसन्धान भइरहेको बताए। राती करिब साढे १२ बजे घटना घटेको जानकारी प्रहरीलाई करिब १ बजे प्राप्त भएको उनको भनाइ छ।
पारिवारिक स्रोतका अनुसार उनको मृत्यु घटना रहस्यमय रहेको छ। उनको पुर्ख्यौली घर इस्मा गाउँपालिका वडा नम्बर – ३ टाकुरा सिम्पानी हो। ऊनी श्रीमान राजु भण्डारी र दुई छोराहरू सहित पोखरा घुम्न गएको र घटना रहस्यमय लागेको त्यहाँ पुगेका एक आफन्तले बताए।
उनि त्यस होटलको बरन्डाबाट खसेर मृत्यु भएको सूचना दिईएको डिएसपी बस्नेतले जानकारी दिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |