बाँके , जेठ १८ । चार अर्ब भन्दा बढि रकम अपचलन गरी फरार रहेका कर्णाली डेभलपमन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी ) ले शनिवार भारत नेपाल सिमनाबाट पक्राउ गरेको जनाएको छ । केहिबेर अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जारी गरेको विज्ञप्तीमार्फत रायलाई पक्राउ गरिएको जनाईएको हो ।
लुम्बिनी प्रदेशको बाँकेमा प्रधान कार्यालय रहेको उक्त बैंकमा राय २०७६ साल देखि २०७९ सालमा उनि सञ्चालक संगै प्रमुख कार्यकारी अधिकृत थिए । उनले त्यस अवधीमा चार अर्ब ९० करोड अपचलन गरेको आरोप लागेर अनुसन्धान भईरहेको बेला उनि फरार भएका थिए । केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी ) प्रहरी उपरिक्षक युवराज खडकाद्धारा जारी प्रेस विज्ञप्ती अनुसार राय २५० करोड बन्दा बढि रकम अपचलन गर फरार रहेका थिए । उनि संस्थापक अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र पटक पटक सञ्चालक समिति अध्यक्ष रहेका थिए ।
उक्त पदमा रहि त्यस बैंकमा संकलन भएको बचतकर्ताहरुको २५० करोड रकम हिनामिना गरि उनि फरार रहेका थिए । उनलाई हिजो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १ बेलहियाबाट पक्राउ गरिएको थियो । उनको पुर्खेयौली घर सल्यान हो । हाल उनको घर नेपालगञ्ज उपमहानगरपालिका २० मा पर्ने उक्त विज्ञप्तीमा उल्लेख छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |