रोल्पा , जेठ १७ । आज दिउँसो एक जना ब्यक्तीको मृत्युको १३ दिनको पुण्ष् तिथीको प्रसाद ग्रहण गर्न पुगेका निम्तालुहरु मध्ये प्रसाद ग्रहण गरे लगत्तै एकै साथ सय जना भन्दा बढि मानिस झाडा वान्ताको विरामी परेका छन ।
प्रहरीका अनुसार दिउँसो करिब ४ बजेको समयमा रोल्पाको रोल्पा नगरपाल ३ चौरपानी स्थित तिल प्रसाद रोकाको घर नजिकै उनका ठुला बुवा चित्र बहादुर रोकाको १३ औ दिनको पुण्य तिथिको निम्तो मान्न आएर खानपिन गरेका सय जना भन्दा बढि मानिस झाडा वान्ताको बिररामी परेका हुन ।
पुण्य तिथिम करिब १५० जनाले खाना खाएकोमा ११० जना बिरामी भएकको जिल्ला प्रहरी कार्यालय रोल्ल्पाले पठाएको प्रेस नोटमा उल्लेख छ । बिरामी परेका ११० जना मध्ये अहिले राती सम्म उपचार पश्चात ९५ जना डिस्चार्ज भई घर फर्किएको र बाँकी १५ जनाको उपचार भईरहेको कार्यालयले जनाएको छ ।
दाल भात पुरी अचार खाए लगत्तै एक्कासी वान्ता हुने र पखाला लाग्ने बिमारी परेको प्रहरी विवरणमा उल्लेख छ । १५ जना बिरामीहरुको े निम्न स्वास्थ्य संस्थामा उपचार भईहेको प्रहरीले यस्तो विवरण पठाएको छ ।
९५ जना उपचार पश्चात डिस्चार्ज भएको ।
७ जना प्रा.स्वा।के।खुमेलमा उपचार हुँदै ।
८ जना रेउघा अस्पतालमा उपचार हुदै ।
रेउघामा उपचार भई रहेको बिरामीहरुको नामावलिः(
१।जिल्ला रोल्पा रोल्पा नगरपालिका वडा नं।(३ चौरपानि बस्ने बर्ष १५ को बम बहादुर थापा,बोमिट हुने,पखाला लागेको,अबस्था सिरियस ।
२।ऐ।ऐ।बस्ने बर्ष अं।५० की रामसरी सुनार बोमिट हुने,पखाला लागेको,अबस्था मध्यम ।
३। ऐ।ऐ।बस्ने बर्ष अं।३५ की मनिकला थापा,बोमिट हुने,पखाला लागेको,अबस्था मध्यम ।
४। ऐ।ऐ।बस्ने बर्ष अं।५० को अमु घर्ती बोमिट हुने,पखाला लागेको,अबस्था मध्यम ।
५।ऐ।ऐ।बस्ने बर्ष ७ कि चन्द्रमा घर्ती,पखाला लागेको,अबस्था मध्यम ।
६।ऐ।ऐ। बस्ने बर्ष ३० की हेमा थापा बोमिट हुने,पखाला लागेको,अबस्था मध्यम ।
७।ऐ।ऐ। बस्ने बर्ष ६० को हिरा बि।क बोमिट हुने,पखाला लागेको,अबस्था मध्यम ।
८।ऐ।२१स्३० बजेको समयमा जिल्ला रोल्पा रोल्पा नगरपालिका(३ चौरपानि बस्ने बर्ष ६५ की गायत्री पुन मगर बोमिट हुने,पखाला लागेको,अबस्था मध्यम । थप विवरण पछि ।
जिल्ला प्रहरी कार्यालय रोल्पा।।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |