गुल्मी, बैशाख २२ । गएराती रोल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको परिवर्तन गाउँपालिका ३ दुई खोली चचुनवाङ भित्रि सडक देखि बागमारा तर्फ जाँदै गरेको लुप्र०२००१ त ८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा त्यसका चालक दाङ निवासी अन्दाजी २८ बर्षीय खिमबहादुर सुनारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दाङ उपमहानरपालिका ४ कुईरेपानी निवासी सुनार आफु मात्रै ट्याक्टरमा रहेकाथिए । गएराती साढे ९ बजेको समयमा अनियन्त्रित भई ट्याक्टर सडक देखि अन्दाजी ६ मिटर तल खसेको थियो ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |