Clean Water Campaign

Awareness Campaign

दमक नगरपालिकाका अधिकृत बस्नेतको दुर्घटनामा मृत्यु



ओझेलका खबर
४ महिना अगाडि


Awareness

Place for ads

 

झापा, बैशाख १८ । मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा बिहीबार अपराह्न भएको दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ।  चितवनबाट झापा फर्किँदै गरेको मे १ च ३०४० नम्बरको गाडी ९एसयुभी० अनियन्त्रित भई सडक किनारको फलामे बेरियरमा ठोक्किएर पल्टिँदा दमक–३ घर भएका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा गाडीमा सवार ६ जना घाइते भएका छन्।

दुर्घटनापछि ५५ वर्षीय बस्नेतलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।  गाडी चालक दमक–९ का ३८ वर्षीय देवेन्द्र तामाङ, दमक–१० का ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारी, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक–२ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह–१ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन्।

सिंचाई
Forest
Ad.

उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक कमल बजगाईंले उनीहरू न्यायिक समितिको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा दुर्घटनामा परेको थियो। साभार ः सेतोपाटीबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो