गुल्मी , बैशाख – १ । तमानखोला गाउँपालिका २ कटेरिमा पिकअप जिप दुर्घटना हुँदा सवार ११ जना मध्ये एक जनाको अवस्था गम्भिर रहेको , एक जनाको अबस्था सामन्य र ९ जनाको अवस्था मध्येम खालको रहेको छ ।
बोङगादोभान देखि बराहताल जादै गरेको ग १ ज ५७०५ नम्बरको जिप दुर्घटना तामानखोला गाउँपालिका – २ को कटेरी भन्ने स्थानमा केहिबेर अघि दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता डिएसपी विजय यादवले हामीलाई पठाएको विवरण यस्तो छ –
निम्न घाईतेहरू:-
१. जिल्ला बागलुङ गलकोट न.पा.०१ बस्ने बर्ष ३० की मुना वि.क. शरिरको बिभिन्न भागमा भित्री चोट बोल्न नसक्ने अवस्था सिरियस ।
२. जिल्ला जुम्ला कन्का सुन्दरी गा.पा.०२ बस्ने बर्ष २६ को प्रेम रावल शरिरको बिभिन्न भागमा भित्री चोट अवस्था मध्यम ।
३. जि.रुकुम पश्चिम बाधिकोट गा.पा.०६ बस्ने बर्ष ३२ को सुदर्शन कुसारी हात खुट्टामा चोट अवस्था मध्यम ।
४. जिल्ला बागलुङ तमानखोला ०१ बस्ने बर्ष २९ को सचिन वि.क. ढाडमा भित्री चोट अवस्था मध्यम ।
५. ऐ. बस्ने बर्ष ६३ की ईन्द्र कुमारी गिरी हात खुट्टामा चोट अवस्था मध?यम ।
६. ऐ.बस्ने बर्ष ५२ की मनसरी शेरचन टाउको र हात खुट्टामा चोट अबस्था मधयम ।
७. जि.बागलुङ तमानखोला गा.पा.०२ बस्ने बर्ष २० की झरना गिरी हात खुट्टामा चोट अवस्था मध्यम ।
८. जिल्ला बागलुङ तमानखोला गा.पा.०१ बस्ने बर्ष २५ की बसन्ति मगर हात खुट्टा र टाउकोमा चोट अवस्था मध्यम ।
९. चालक जिल्ला बागलुङ तमानखोला गा.पा।०१ बस्ने बर्ष २७ को शुसिल रसाईली टाउकोमा चोट अबस्था मध्यम ।
१०. जिल्ला रुकुम पश्चिम चौर जहारी न.पा.१३ बस्ने बर्ष २३ को नविन मल्ल टाउको चोट अबस्था मध्यम ।
११. जिल्ला बागलुङ तमानखोला गा.पा.०१ बस्ने बर्ष १२ को मनि मगर हात खुट्टामा चोट अवस्था सामन्य ।
सि.नं.१ र १० को घाईतेहरू २ जना थप उपचारको लागी १४ः४५ बजे धौलागिरी प्रादेशिक अस्पताल बागलुङ रिफर भएका ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |