Clean Water Campaign

Awareness Campaign

गुल्मीमा हावाहुरीको वितण्डा: थुप्रै संरचनामा क्षति, विद्युत अवरुद्ध



ओझेलका खबर संवाददाता
५ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा भौतिक क्षति पुर्याएको छ। हावाहुरीका कारण घर, होटल, विद्यालयलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर समेत क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगा बहादुर सारुले जानकारी दिए।

धुर्कोट गाउँपालिका–४ स्थित जैसीथोक रौताडीका पूर्णप्रसाद पाध्याको दुईतले टिनको घरको छानो पूर्णरूपमा उडाएको छ । घटनापछि प्रहरी चौकी जैसीथोकबाट गएको प्रहरी टोलीले तत्काल उद्धार कार्य गरेको थियो । त्यस्तै,सोही गाउँपालिका–३ बर्दबासका कृष्ण बिष्टको दुईतले घरको पाली हावाहुरीले उडाएको छ । बिष्टको बाख्राको खोर समेत क्षतिग्रस्त बनेको छ ।

क्षतिको अवलोकन गरी विवरण संकलन गरेको प्रहरीले जनाएको छ । धुर्कोट–४ बर्बोट बजारमा सञ्चालित अरुण गैरेले संचालन गरेको सुपारी होटल एण्ड लज पनि हावाहुरीको मारमा परेको छ । होटलको जस्ताले छाएको छानो पूर्ण रूपमा उडाएको छ । प्रहरीले उद्धारसहित त्यहाँको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको जनाइएको छ।

सिंचाई
Forest
Ad.

यस्तै, रेसुङ्गा नगरपालिका–५ गोवानेका अर्जुन विकको दुईतले टिनले छाएको घरको छानो उडाएको छ भने रुरुक्षेत्र गाउँपालिका–५ ग्वादीका कृष्ण प्रसाद ज्ञवालीको ढुङ्गा–माटोले बनेको कच्ची घरको छानोसमेत उडाएको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिए ।

सारुका अनुसार जिल्लामा हालसम्म हावाहुरीका कारण मानवीय र पशुचौपायको क्षति भएको छैन् । ग्रामिण क्षेत्रका केही विद्यालय पनि हावाहुरीको चपेटामा परेका छन् । वैशाख १७ गते मालिका गाउँपालिका–४ अर्खाबाङ्गस्थित अर्खाबाङ्ग माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएको छ ।

गाउँपालिका भित्रका ५ वडाका विद्यालय,महिला समूहको भवन र अर्खाबाङ्ग बजार क्षेत्रका केही घरका छाना उडाएको मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए ।

अहिले ग्रामिण क्षेत्रमा सामान्य वर्षासहित हावाहुरी चलिरहेको छ । साथै विद्युत सेवा समेत अवरुद्ध भएको स्थानीयले बताएका छन् । जिल्लाका केही गाउँका नागरिकको जनजीवन प्रभावित भइरहेको छ । साथै वर्षा र हावाहुरीका कारण विद्युत र टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । गाउँपालिका उपाध्यक्ष अर्यालका अनुसार अहिले सबै वडामा हावा हुरीले पुर्याएको क्षति र विवरण संकलनको काम भइरहेको छ ।

Awareness by SKF

जिल्लाका विभिन्न स्थानमा हल्का वर्षासहित हावाहुरी अझै जारी रहेको पाइएको छ । प्रहरी र स्थानीय प्रशासन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिरहेका छन् । अहिले प्रहरी र प्रशासनले हावाहुरीले पुर्याएको क्षतिबारे विवरण संकलनको कार्यलाई तीव्रता दिएको छ ।

गुल्मीमा मौसम खुल्न सकेको छैन्। पानी परेपछि सदरमुकाम तम्घास बजारमा चिसो समेत बढेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो