Clean Water Campaign

Awareness Campaign

वनबाटिकाको अध्यक्षमा कांग्रेस-एमालेका उमेदवारलाई हराउँदै विजयी भए माओवादी केन्द्रको समर्थन पाएका पाण्डे



ओझेलका खबर
५ महिना अगाडि


Awareness

Place for ads

बुटवल, चैत्र – २३ । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र ( वन बाटिका ) को चौधो अधिवेशनको चुनाव निकै चोटीलो बनेको छ । शुक्रबार देखि सुरु भएको अधिवेशनमा नेपाली कांग्रेस र नेकपा– एमाले गठबन्धनका अध्यक्ष पदका उमेदवारलाई हराउँदै माआोवादी केन्द्रको समेत समर्थन पाएका नेत्रविक्रम चन्द ( विप्लप ) निकट नेपाल कम्युनिष्ट पार्टीका उमेदवार विजयी भएका छन ।

अध्यक्षमा कांग्रेस र एमालेका संयुक्त उमेदवार ईन्जिनियर किरण खरेललाई भारी मतले हराउँदै माओवादी केन्द्रको समर्थन पाएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खिमलाल पाण्डे अध्यक्षमा विजयी भएका हुन ।  ईन्जिनियर खरेललाई १३५ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन । पाण्डे ३९६ मत प्राप्त गरी विजयी भए भने खरेलले २३४ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिका संयोजक तथा बरिष्ठ पत्रकार मोहन चपागाँईले जानकारी दिए ।

पाण्डेको प्यानलले स्वतन्त्र उमेदवारका रुपमा उमेदवारी घोषणा गरेको थियो । पाण्डेको प्यालनलाई समर्थन जनाउँदै माआवादी केन्द्रले आफ्नो उमदेवारलाई फिर्ता गरेको थियो ।  सचिवमा पनि कांग्रेस – एमालेका संयुक्त उमेदवार हरिकला अधिकारी ( कमला पाण्डे ) लाई हराउँदै नेपाली कांग्रेसका बागी उमेदवार विदुर केसी विजयी भएका छन । सचिवमा कांग्रेसका बागी उमेदवार केसीले ३७९ मत प्राप्त गरेर विजयी भने सत्ता गठबन्धनकी उमेदबार पाण्डे अधिकारीले १८८ मत प्राप्त गरिन । सोही पदमा राष्ट्रिय जनमुक्ती पार्टीकी उमेदवार हिरामति थापाले ५७ मत प्राप्त गरेकी छन ।

सिंचाई
Forest
Ad.

उपाध्यक्षमा भने गठबन्धनका उमेदवार मिनप्रसाद देवकोटा निर्वाचित भएका छन । उनले ३७८ मत प्राप्त गरी विजयी भएका हुन । गठबन्धनका बागी उमेदवार लेखबहादुर खडकाले १३४ मत र राष्ट्रिय जनमुक्ती पार्टीकी उमेदवार चन्दा थापाले १०९ मत प्राप्त गरेकी छन । कोषाध्यक्षमा एमाले काग्रेस गठबन्धनका उमेदवार मनिराम भट्टराई ३८५ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उमेदवार शौरभ भुसालले १७५ मत र  राष्ट्रिय जनमुक्ती पार्टीका उमेदवार उदलसिंह थापाले ६३ मत प्राप्त गरेका छन ।

दुई जना लेखा समिति सदस्य मध्ये अध्यक्ष पाण्डेको प्यालनका उमेदवारा सन्दीप भट्टराई ९३१३ मत र गठबन्धनका उमेदवार बिष्णुप्रसाद सुवेदी ९२११ मत प्राप्त गरी विजयी भएका छन । त्यस पदका प्रतिस्पर्धी मिठुमाया पौड्यालले ९२०२ मत , माओवादी केन्द्रकी इन्दु थापा मगरले ९१४८ मत , स्वतन्त्रका उमेदवार शंकर पाण्डेले ९१४८० मत जनमुक्तीकी सीता श्रीसले ९१२ मत प्राप्त गरी पराजित भएका छन । लेखा समिति संयोजकमा भने कांग्रेसका प्रदीप पराजुली निर्विरोध निर्वाचित भएका छन ।

कार्य समिति सदस्यहरुमा क्रमशः गठबन्धनका विन्दु ढकाल, लक्ष्मण मल्ल, सरस्वती बराल शंकर भण्डारी र पार्वती क्षेत्री निर्वाचित भएका छन । त्यस्तै गठबन्धनका बागी उमेदवार राममाया पौड्याल र माओवादी केन्द्रकी ज्योतिमाया थापा पनि कार्य समिति सदस्यमा विजयी भएका छन । यस निर्वाचन सत्तारुढ दलका प्रभावशाली नेताहरुका लागि पनि खल्लो बन्न पुगेको छ ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री लिला गिरी, एमालेबाटै निर्वाचित प्रतिनिधी सभा सदस्य तथा तिलोत्तमा नगरपालिकाका पुर्व मेयर वाशुदेव घिमिरे र सोही पालिकाका वर्तमान मेयर तथा कांग्रेस नेता रामकृष्ण खाण लगायतका ठुला नेताहरुलाई खाल्लो बन्न पुगेको हो । किनकी उनिहरु मतदाता थिए ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो