Smoking Causes Cancer

गुल्मीमा आगलागीबाट घर गोठ जलेर नष्ट, पशु चौपाया जले



अनिल खत्री
१ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा आगोलागीबाट घर गोठ जलेर नष्ट भएको छ। जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- १ जुकेपानी निवासी कमला कुँवरको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले बताउनुभयो।

शनिबार दिउँसो निस्दिखोलाको जङगलबाट सुरु भएको आगो खरबारी हुँदैघरमा पुग्दा क्षति भएको थियो । आगोलागीबाट कुँवरको ढुङगा माटोले बनेको टिनले छाएको २ तले कच्ची घर र ढुङगा माटोले बनेको १ तले कच्ची गोठमा जलेर पुर्णरुपमा नष्ट भएको छ ।

आगोलागीबाट घर भित्र रहेको सम्पुर्ण सामान जलेर गोठमा रहेको ४ ओटा बाख्रा, २ ओटा भैसी, २ ओटा कुखुरा जली मृत्य भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । मानबिय क्षती केही नभएको,उक्त आगलागीबाट अन्दाजी २२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो