Smoking Causes Cancer

कमल यात्री र भुरुङको मार्मिक गीत ‘पुर्कोटैमा चल्यो बतास’ ले दर्शक श्रोताको मन जित्दै (भिडियो सहित)



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


       

Place for ads

गुल्मी: गुल्मीका गायक तथा सर्जक कमल यात्रीको परदेशी र घरदेशी आमाको कथामा आधारित ‘पुर्कोटैमा चल्यो बतास’ बोलको मार्मिक गीतले दर्शक तथा श्रोताको मन जित्दै गइरहेको छ।

गायक कमल यात्रीको परिकल्पना, शब्द रचना र लयमा कमल यात्री युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा महिला स्वरमा साथ दिनु भएको छ सुमधुर स्वरकी धानी तथा सामाजिक सञ्जालकी चर्चित पात्र भुरुङ्गले। गाउँको टिपिकल बोली भाषा, रहनसहन, अर्गानिक खानपिन र प्रकृति पुजकका रुपमा कमल यात्री र भुरुङ्ग सामाजिक संजालका भाईरल पात्र हुन।

यस गीतको भिडियोमा आमाको भुमिकामा कमल यात्री कै आमा मनिकला भुसालको अभिनय छ। अन्य भुमिकामा छापाहिलेका दिपेन्द्र महतरा, भरत भुसाल र संगिता विसी रहेका छन। यस म्युजिक भिडियोको अधिकांश छायांकन गुल्मी छापाहिलेमा गरिएको छ। मार्मिक कथावस्तुको रिपोर्टरको भुमिकामा यस ओझेलका खबरका सञ्चालक प्रेम सुनार रहनु भएको छ।

सिंचाई
Forest
Ad.
   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो