गुल्मी, माघ २१: प्रेस सेन्टर नेपाल गुल्मी जिल्लाको चौधो अधिवेशन सम्पन्न भएको छ। आईतबार देखि सुरु भएको अधिवेशनले उसै साँझ नयाँ कार्य समिति सर्वसम्मत चयन गरिए पनि घोषणा भने सोमबार दिउँसो गरिएको थियो। अधिवेशनले निर्वमान सचिव हुमकान्त पोख्रेललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।
उपाध्यक्षमा खुमानन्द फुल्देल (लक्ष्मण) र वाशुदेव पोखरेल सर्वसम्मत निर्वाचित भएका छन। त्यस्तै सचिवमा अमृता सेन्च्युरी निर्वाचित भएकी छन। सहसचिवमा प्रदिप भुसाल र प्रियङ्का पन्थी, कोषाध्यक्षमा मन्दिरा विश्वकर्मा निर्वाचित भएका छन। पदाधिकारी सहित २१ सदस्यीय कार्य समिति गठन भएको निर्वाचन समितिका संयोजक कृष्ण पाण्डेले जानकारी दिए।
अधिवेशनको त्यस संगठनको शुभेच्छुक पार्टी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विर बहादुर कार्कीले उद्घाटन गरेका थिए। नवगठित कार्य समितिलाई निर्वाचन केन्द्रिय प्रतिनिधी प्रेस सेन्टर नेपालका केन्द्र्रिय सचिव प्रेम सुनारले पद तथा गोपनियताको सपथ खुवाएका थिए।
त्यस्तै प्रमुख अतिथी कार्की, विशेष अतिथी सोही पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य बुद्धि जिसी, जिल्ला पार्टी संयोजक तेजेन्द्र सलामी, सचिव तथा प्रेस सेन्टर नेपालका फ्याक्शन ईन्चार्ज अशोक थापा , पुर्व माननिय तथा सोही पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य गिता थापा, विभिन्न जनवर्गीय संगठनका नेताहरुले मन्तव्य राखेका थिए।
त्यस्तै विशेष अतिथी प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव प्रेम सुनार र केन्द्रिय सदस्य भरत पाण्डले प्रशिक्षण मन्तव्य राखेका थिए। नवनिर्वाचित अध्यक्ष हुमकान्त पोखरेलले प्रतिवद्धता मन्तव्य राखेका थिए।
अधिवेशनको अवसरमा त्यस संगठनमा झण्डै दर्जनौ सञ्चारकर्मी अन्य संगठन बाट प्रेस सेन्टरमा प्रवेश गरेका थिए। उनिहरुलाई नेताहरुले स्वागत गरेका थिए। निर्वाचन मण्डलका संयोजक कृष्ण पाण्डे, सदस्यहरु भरत चन्द र पुष्कर खडकाले सहमतिका लागि घनिभुत प्रयास गरी सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको बताएका छन।
त्यस संगठनमा यस अघि अध्यक्ष तिलाचन पाण्डे थिए। उद्घाटन सत्रको अध्यक्षता उनै पाण्डे र निवर्तमान सचिव हुमकान्त पोखरेलले गरेका थिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |