Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मालिका गाउँपालिकामा दैनिक अढाई घण्टामात्रै मदिरा बिक्री गर्न पाइने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

– हुमाकान्त पोखरेल
गुल्मी: गुल्मीको मालिका गाउँपालिकाले दैनिक अढाई घण्टा मात्रै मदिरा बिक्री वितरण गर्न पाइने निर्णय गरेको छ। समाजमा विभिन्न अपराधजन्य घटनाहरु बढ्दै गएकोले मदिरा बिक्री वितरण गर्ने समय तोकेको गाउँपालिकाले जनाएको छ।

अब दैनिक रुपमा साँझ ५ः३० देखि ८ बजेसम्म मात्रै मदिरा बिक्री गर्न पाइने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए । उक्त समयमा पनि नाबालक, दीर्घरोगी र महिलाहरुलाई बिक्री गर्न पाइने छैन ।

यदि यो नियमभन्दा विपरित रहेर तोकिएको समयभन्दा अन्य समयमा मदिरा बिक्री वितरण गरेमा पहिलो पटकमा पाँच हजार जरिवाना गरिने पालिकाले निर्णय गरेको छ । अनुगमनको लागि पालिकाले प्रहरीलाई खटाउने र जरिवानाबाट प्राप्त भएको रकमको २५ प्रतिशत रकम प्रहरीको सवारी साधन मर्मतमा खर्च हुनेछ ।

सिंचाई
Forest
Ad.

साथै गाउँपालिकाले प्लास्टिक बोतमा बिक्री गर्दै आएको लोकल मदिरा पूर्ण रुपमा बिक्री वितरणमा रोक लगाउने पनि निर्णय गरेको छ । यस्तो मदिरा हटाउन पालिकाले व्यवसायिहरुलाई सात दिनको समय दिएको छ ।

मालिका गाउँपालिकाको वडा नम्बर ८ मा मदिरा सेवनकै कारण विगत एक हप्ताको बीचमा दुई जनाको ज्यान गएको थियो । मादक पदार्थको सेवनका कारण समाजमा पारिवारिक बेमेल, झगडा, हत्या जस्ता घटना बढ्दै गएकोले त्यसलाई न्यूनिकरण गर्नको लागि पालिकाले विभिन्न निर्णयहरु गरेको उपाध्यक्ष अर्यालले बताए। -राजधानी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो