Salime Malika Krishi Farm

Awareness Campaign

अर्जुन डाँडाको सेल्फी टावर सुनसान



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–७ को अर्जुन डाँडालाई पर्यटकीय क्षेत्र बनाउन सेल्फी टावर निर्माण गरिएको छ। टावर निर्माण भएपनि डाँडो सुनसान छ । अवलोकन गर्न खासै कोही पुग्दैनन्।

सिँढीमार्फत अग्लो टाबरमा पुगेपछि तम्घास बजारको सुन्दर दृश्यसहितको सेल्फी फोटो खिच्न सकिन्छ । अर्जुन क्षेत्रसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तम्घास बजारसहितको मनमोहक दृश्य सेल्फीमा खिच्ने गरी टावर निर्माण गरिएको छ ।

अर्जुन क्षेत्रमा पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकार उद्योग वन तथा बातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजारको लागतमा सेल्फी टावर निर्माण गरिएको हो ।

सिंचाई
Forest
Ad.

टावर निर्माण भएसँगै तम्घास बजारसहितको मनमोहक दृश्य अवलोक गर्न सकिन्छ । सेल्फी टावरमार्फत नयाँ युवा पिँढीहरुलाई आकर्षण गरेर पर्यटकीयक्षेत्र बनाउने उद्देश्यले टावर निर्माण गरिएको हो । टावरमा एकपटकमा २० जनासम्म जान सकिने गरी निर्माण गरिएको छ ।

सेल्फी टावरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दिरहरुलाई मर्मत र नयाँ संरचना निर्माण गरेर अर्जुन क्षेत्रलाई थप पर्यटकीय गन्तव्य बनाइएको छ । तर त्यहाँसम्म पुग्नको लागि मोटरबाटो अवस्था सजिलो नभएका कारणले त्यहाँ खासै पुग्ने गरेका छैनन् ।

अर्जुन क्षेत्रमा यसअघि पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय सहयोगमा प्रवेशशद्वार, पानीको फोहोरा फाल्नेसहितको पोखरी निर्माण, वनभोज जानेहरुको लागि भवन बनाउने गरी निर्माण गरिएको थियो । निर्माण भएका संरचना समेत अहिले टुटफुट हुन थालेका छन् ।

करिब २ हजार मिटर उचाइमा रहेको अर्जुन डाँडा धार्मिक, ऐतिहासिक, पुरातात्विक र जैविक विविधताको महत्वपूर्ण मानिन्छ । वि.सं.१४९३ भन्दा पहिले राजाले राज्य गरेको ठाउँ सो को भग्नावशेषहरु थिए भन्ने किम्न दन्ती रहेको छ ।

Awareness by SKF

उक्त डाँडामा पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यत रहेको छ । अर्जुनले यसै गिरीमा बसेर गीताको तत्व ज्ञान लिएको, शिवजीले यसै गिरीमा ध्यान गरेको भन्ने किंवदन्ती छ ।

हाल अर्जुन डाँडा मन्दिरमा सामान्य केही वनभोज खान जानेसँगै ऐतिहासिक स्थलहरु हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरी संरचनाहरू निर्माण गरिएका छन् ।-अनलाइनखबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो