Clean Water Campaign

Awareness Campaign

माओवादी अध्यक्ष प्रचण्ड फागुन १ गते गुल्मी आउने, यस्ता छन् कार्यक्रम



ओझेलका खबर संवाददाता
७ महिना अगाडि


Awareness

Place for ads

 गुल्मी: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गुल्मी आउने भएका छन्।

फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर गुल्मीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड गुल्मी आउने माओवादी केन्द्रका नेत बुद्धि जिसीले जानकारी दिए। प्रचण्ड फागुन १ गते आउने पक्का भएको जिसीले बताए।

आइतबार प्रचण्डकै निवासमा पुगेर मालिका गाउँपालिकाका अध्यक्ष समेत रहेका अर्यालले प्रचण्ड लाई निम्ता गरेका हुन।

सिंचाई
Forest
Ad.

उक्त दिन प्रचण्ड सहित दर्जनौं नेताहरु गुल्मी आउने छन।

प्रचण्डले धुर्कोट गाउँपालिकमा निर्मित सहिद पार्क र मालिका गाउँपालिकाको प्रशासनिक भवन उद्वघाटन गर्ने छन्। त्यस्तै फागुन १ गते देखि सुरु हुने मालिका रनिङ शिल्डमा पनि प्रचण्डको सम्बोधन रहने छ। मालिका गाउँपालिकाले फागुन १ गते मालिका रनिङ शिल्ड प्रतियोगिता गर्दै आएको छ।

जहाँ गुल्मी जिल्लाका १२ वटा स्थानीय तह सहित छिमेकी पालिका बडिगाड, गौमुखी गाउँपालिका र मितेरी पालिका ललित महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीच मैत्रीपुर्ण भलिबल खेल हुनेछ।

वडा स्तरीय भलिबल प्रतियोगिता, आठ वटै वडाबाट क्लब, आमा समुहले मौलिक पहिचान झल्किने रितिरिवाज प्रस्तुत गर्ने छन। मालिका ताराको फाइनल अडिसन समेत प्रचण्डले नियाल्ने छन्। -गुल्मी अपडेट 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो