गुल्मी , माघ ८ । रोमनियामा नेकपा ( माओवादी केन्द्र ) निकट प्रवासि सङ्गठन विस्तार गरिएको छ । वैदेशिक रोजगारका लागि रोमनिया पुगेका पुर्व जनमुक्ति सेनामा रहेका नेपालीहरुको अगुवाईमा माओवादी केन्द्र निकट जनप्रगतिशिल मन्च ( एनपीपपीएफ) गठन र विस्तार गरिएको हो ।
जनप्रगतिशिल मन्च ( एनपीपपीएफ ) युरोप ब्युरो इन्चार्ज रणबहादुर खाती क्षेत्रीको प्रमुख आथित्यतामा जुम प्रविधी मार्फत आयोजित भेलाले टेकराज क्षेत्रीको अध्यक्षता रोमनियामा ३१ सदस्यीय ( संस्थापन ) कार्य समिति गठन भए सङ्गै त्यहाँ माओवादी केन्द्रमा आबद्ध हुन चाहने नेपालीहरुलाई ढोका खुलेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा नेत्र बहादुर बसेल, उपाध्यक्ष द्वयमा भरत सिन्जाली र नारायण रोकाया क्षेत्री, महासचिवमा रामचन्द्र पोखरेल (भावुक ) , सचिवद्वयमा दिपेन्द्र उपाध्याय र रामबहादुर पुन तथा कोषाध्यक्षमा धुर्व ज्ञवाली चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा कमल तिलिजा पुन्, लक्ष्मण गुरुङ, राम बहादुर घिसिङ, रुबिना दर्नाल, पुष्प बस्नेत, रिजन शेर्पा, राजन काप्री, चन्द्र अधिकारी, यम गुरुङ, रेशम बराइ मगर, नबिन मोक्तान, गोबिन्द, दुर्गा भण्डारी र खड्ग बिक रहेका छ्न ।
नवनिर्वाचित पहिलो कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गर्दै रोमनियामा सङ्गठन विस्तार गर्न अहम् भुमिका खेल्दै आएका अगुवाहरुलाई नेकपा माओवादी केन्द्र , प्रवास समन्व्य केन्द्रिय समितिका कार्यालय सचिब टिबी पाठकले धन्यवाद दिए ।
नेता पाठकले बिशेष गरि एनपीपपीएफ युरोपका इन्चार्ज रणबहादुर खाती क्षेत्री , रोमानियाका कमल तिलिजा पुन, युरोपका महासचिव धर्मराज खतिवडा लगायतका अगुवाहरुलाई धन्यवाद दिदै सङ्गठन विस्तारलाई तिव्रताका अलवा प्रवासमा रहने आम नेपालीहरुको समस्या सामुहिक तौरमा हल गर्न र हकहितका पक्षमा जुट्न आग्रह गरेका छ्न । उनले रोमनियाको कार्य समिति दर्जका लागि आफुलाई हिजो मात्रै विवरण आएको बताए ।एनपीपपीएफ युरोपका अध्यक्ष चित्र सुवेदीको अध्यक्षता र रोमनियाका कमल तिलिजाको संचालनमा भएको जुम भेलामा उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख गंगा भुषाल, महासचिव धर्मराज खतिवडा र एनपीपपीएफ बेलायतका महासचिव कृष्ण खनालको उपस्थिति थियो ।
हिजो जनमुक्ती सेनाका कमाण्डर ,आज विदेशी भुमीका कामदार
रोमनियाका नवनिर्वाचित अध्यक्ष टंकराज क्षेत्री गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीका हुन । । महासचिव रामचन्द्र पोख्रेल ( भावुक ) पनि गुल्मीकै मुसिकोट नगरपालिका २ का हुन । कोषाध्यक्ष धुर्व ज्ञवाली पनि गुल्मीकै रुरुक्षेत्र गाउँपालिका ५ , बम्घाका हुन । संयोग हिजो भोकतिर्खा र आफ्नो परिबार नभनी जनयुद्धमा सङ्गै लडेका यि तिन जना जनमुक्ति सेनाका पुर्व लडाकु अहिले विदेशी भुमि रोमनियामा भेट भएका छ्न र पुनः माओवादी पार्टी विस्तारमा खटिएका छ्न । त्यहाँ पुगेका अन्य जिल्लाका नेपालीहरुको संयोग र पार्टी प्रतिको मोह पनि उस्तै रहेको बताउछ्न ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |