गुल्मी, माघ ६: गुल्मीको मुसिकोट नगरपालिका-२, मुसिकोट रातचौर स्थित गंगा प्राथमिक विद्यालय र झरुवा बालविकास केन्द्रका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ।
नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय र मुसिकोट नगरपालिका-५ का युवा समाजसेवी गंगाराज सापकोटाको पहलमा विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीहरुलाई विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त पोशाक वितरण गरिएको हो।
जसमध्ये गंगा प्राथमिक विद्यालयका १९ र झरुवा बाल विकास केन्द्रका १७ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ।
उक्त विद्यालयमा अधिकांश कुमाल समुदायका बालबालिकाहरु अध्ययनरत रहेका छन्। विपन्न समुदायका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा थोरै भएपनि सहयोग होस भन्ने हेतुले नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायको समन्वयमा अमेरीकाको टेक्सासमा रहनुहुने भोजराज भट्टको सहयोगमा उक्त पोशाक वितरण गरिएको पहलकर्ता गंगाराज सापकोटाले जानकारी दिए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |