Smoking Causes Cancer

गुल्मी बलिथुमटारीको युवा क्लवद्वारा गाउँमा सडक बत्ती जडान



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

  गुल्मी, माघ ४: गुल्मीको बलिथुमटारी गाउँको एक युवा क्लवले देउँसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम गरेर रातको समयमा अँध्यारोमा हिड्न बाध्य त्यस गाउँवासीलाई सडक बत्तीको उज्यालो दिने लगायका सामाजिक कार्यमा योगदान पुर्याउँदै आएको छ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका-१, बलिथुम टारी लगायतका टोलहरु निवासी युवाहरुले न्यु सदावहार युवा क्लब गठन गरी तिहारमा देउँसी भैले खेल्ने, तीजमा तीज गीत कार्यक्रम आयोजना गर्ने लगायतका सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी त्यस गाउँका विभिन्न टोलमा सडक बत्ती जडान गर्नुका साथै अन्य विभिन्न सामाजिक कार्यमा योगदान पुराउँदै आएका हुन।

त्यस क्लवले श्री बलिथुम नरहरी कँडेल माध्यामिक विद्यालय देखि त्यस वडाको ईकाई कार्यालय बुढिचौर र अन्य शाखा बाटोमा सडक बत्ती बालेर गाउँवासीलाई रातको झिलिमिली उज्यालो दिएको हो।

सिंचाई
Forest
Ad.

सडक बत्तीको त्यस वडाका वडाध्यक्ष राजेन्द्र कँडेलले उद्घाटन गरेका थिए। क्लवको त्यस सिर्जनशील कार्यलाई स्थानीय मिलिजुली देउँसी भैलो समुह वलिथुम टारीले पनि सहयोग गरेको थियो। त्यस्तै ई सेवा बुटवल शाखा, त्यस आयोजक क्लव र बुद्धशान्ति युवा क्लव लगायतले देउँसी भैलो र तीज गीत प्रतियोगिता आयोजना गर्दै आएका छन।

सडक बत्तीका अलावा क्लवले स्थानीय पुल मर्मत , मन्दिर , पाटी पौवा निर्माण कार्यमा पनि सहयोग गर्दै आएको छ । क्लवले गाउँवासीको विवाह व्रतबन्ध लगायतका कार्यमा आवश्यक पर्ने भाँडावर्तन, साउण्डसिस्टम लगायका सामाग्री पनि उपलब्ध गराउँदै आएको छ।

स्थानीय सरकार र अन्य संघ संस्थाको सहयोग भएमा अन्य सडकमा पनि सडक बत्ति बाल्ने, रातको समयमा हुने चोरी र अन्य अपराधका घटनामा न्युनिकरण गर्ने क्लवले सोच लिदै अगाडी बढेको त्यस क्लवको अध्यक्ष निर्मल गौतमले बताए। हामीले विभिन्न सामाजिक गर्दै अगाडी बढेका छौं । गाउँमा भैपरी आउने विपदका घटनामा उद्धारमा जुट्ने देखि यहाँको खेलकुद र स्थानीय कला संस्कृतिको विकासमा पनि खट्दै आएका छौं , अध्यक्ष गौतमले भने स्थानीय सरकारको सहयोग गरे भविश्यमा अरु सामाजिक कार्यमा पनि हामी क्रियाशिल रहने नै छौ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो