गुल्मी , पुस ४ । गणतन्त्र स्थापना पश्चात स्थानीय संरचनाको इतिहासमा गुल्मी जिल्लाका १२ वटा स्थानिय तह मध्ये यहाँको एक पालिकामा पहिलो पटक दलित समुदायको व्यक्ति प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्न आएका छ्न ।
जिल्लाको इस्मा गाउँपालिकामा विजय रणपाल परियार यहाँका १२ वटा स्थानीय तहमा दलित समुदाय बाट प्रमुख प्रशासकीय अधिकृतको ईतिहास रच्ने पहिलो ब्यक्ति हुन ।
स्याङ्जाको कालिगण्डकि गाउँपालिका घर भएका परियार छिमेकी जिल्ला गुल्मीमा आफुले सके सम्मको राम्रो काम गरेर देखाउने अठोट गरेका छ्न । गुल्मीको जिल्ला समन्व्य प्रमुख द्रोण बहादुर खत्रीले जिल्लाका १२ वटै पालिका सङ्ग बुझ्दा दलित समुदाय बाट इस्माका प्रमुख प्रशासकिय अधिकृत पहिले व्यक्ति भएको बताए ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखका रुपमा दलित समुदाय बाट रुरु क्षेत्र गाउँपालिकामा झबिन्द्र बिक र मुसिकोट नगरपालिकामा प्रकाश नेपालीले जिम्मेवारी सम्हालेका छ्न ।
यस अघि जिल्ला प्रशासन कार्यालय गुल्मीमा दलित समुदाय बाट पहिलो सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न अर्घाखाँचीका जगदीशचन्द्र नेपाली आएका आएका थिए ।
२०६६ पुस महिनामा आएका उनि दुई बर्षको अबधिमा सेवाप्रवाहमा कसैको गुनासो नआउने गरि जिम्मेवारी सम्हालेका थिए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |