Smoking Causes Cancer

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, गर्लान त नयाँ पार्टी घोषणा?



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेकपा एमालेबाट निष्कासित डा. भीम रावलले भावी योजनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्दैछन्।

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन लागेका हुन्।

यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। गत सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग छलफल गरेका थिए। उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ।

सिंचाई
Forest
Ad.

२०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो