Salime Malika Krishi Farm

Awareness Campaign

मदानेको राष्ट्रपति शिल्ड कप पनि मेघगङ्गा माविले नै चुम्यो



ओझेलका खबर
१ वर्ष अगाडि


Awareness

Place for ads

 

 

गुल्मी , पुस १५ । नेपाली सेना , राष्ट्रिय सेवा दलको एनसीसी ट्रेनिङ्गमा तिन प्रदेशमा उत्कृष्ट भई चार स्वर्ण पदक जित्न सफल गुल्मीको मदाने गाउँपालिका स्तरिय्य राष्ट्रपलि रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पनि वडा नम्बर – २ बाझकटेरि मेघगङ्गा माविले नै चुम्न सफल भएको छ ।

मदाने गाउँपालिकाले आयोजना गरेको पाचौ पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्य गरि कुल २० पदक सहित मेघगङ्गा माध्यमिक विद्यालय मदाने गाउँपालिका २ ले यस बर्षको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी चुम्न सफल भएको हो ।

सिंचाई
Forest
Ad.

त्यस्तै ७ स्वर्ण  ५ रजत र ६ कास्य गरि कुल १८ पदक सहित पृथ्वी माध्यमिक विद्यालय मदाने गाउँपालिका ६ पुर्कोटह द्वितीय भएको छ भने र६ स्वर्ण २ रजत र ६ कास्य गरि कुल १४ पदक सहित मेहले पोखरि माध्यमिक विद्यालय मदाने गाउँपालिका ४ तृतीय भएको छ ।

उप्त प्रतियोगिता मदाने गाउँपालिका १ अग्लिङ्ग्मा भएको थियो । प्रतियोगिताको त्यस गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवरले उद्घाटन गरेका थिए ।

समापनसमारोहलाई सम्बोधन गर्दै मदाने गाउँपालिकाका १ का वडा अध्यक्ष  सुशील चन्दले विद्यार्थीको पढाईको अलवा व्यवहारिक शिक्षा र खेलकुद सहित अतिरिक्त कृयाक्लाव अनिवार्य भईसकेकोले विधार्थिहरु घोकन्ते बिधा ब्बाट माथी उठ्नु पर्नेमा जोड दिएका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो