Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको रुद्रवती क्याम्पसमा लगाएको ताला खोलियो



ओझेलका खबर
१ वर्ष अगाडि


Awareness

Place for ads

 

१४ पुस , गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार स्थित रुद्रवती बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वुवियुले लगाएको ताला आईतबार सोही क्याम्पसका बिद्यार्थीहरुले खोलेका छन ।  त्यस क्याम्पसकी एक छात्राले केहि दिन अघि क्याम्पस प्रमुख कृष्णप्रसाद सापकोटाले आफुलाई अभद्र व्यवहारा गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिईन ।
त्यस बिरुद्ध क्याम्पस प्रमुखको राजिनामा माग क्याम्पस प्रमुख सापकोटाको कार्यकक्षमा अनिश्चित कालिन भन्दै अनेरास्ववियुले तालबन्दी गरेको थियो । तर आईतबार सोही क्याम्पसको बिद्यार्थी बताउने तीन जना युवाहरुले उक्त ताला तोड्दै र अनेरास्ववियुले ढोकामा टाँसेको बिज्ञप्ती निकालेर पोको पादै निमित्त क्याम्स प्रमुख हेमन्त . घिमिरेलाई ताला खोलेको जानकारी गराएको थियो ।

सिंचाई
Forest
Ad.

अनेरास्ववियुले बिज्ञप्ती मार्फत छात्रा माथी क्याम्पस प्रमुखले मंसिर २३ र २५ गते यौन दुव्यवहार गरेको भन्दै त्यसलाई प्रहरीले बिषयान्तर गरी जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्धा दायर गरेको प्रति पनि बिरोध जनाएको थियो ।

तर उक्त दुबै दिन क्याम्पस प्रमुख सापकोटा क्याम्पसमा हाजिर नभएको हाजिर रजिष्टर देखाउँदै निमित्त क्याम्पस प्रमुख हेमन्त घिमिरेल बताए । उनले भने –‘मंंसिर २२ र २३ गते क्याम्पस प्रमुख ज्यु परिक्षाको काम लिएर पोखरा जानु भएको थियो ।

मंसिर २४ गते क्याम्पस आउनु भएको थियो । अर्को दिन २५ गते घरयासी काम परेकोले म आउन सकिन भनेर मलाई म्यासेज पठाउनु भएको थियो । जुन म्यासेज मैले माथी प्रहरीलाई पनि पठाएको छु । ’
आईतबार बिहान अनेरास्वुवियुले लगाएको ताला खोल्ने र यहि पुस १७ गते त्यस क्याम्पसमा सुरु हुन गईरहेको परिक्षा सुचारु गर्ने लगायतका बिषयमा क्याम्पस सञ्चालक समितिको बैठक बसे पनि विना निस्कर्ष टुङ्गिएको सञ्चालक समिति अध्यक्ष भुवन केसीले जानकारी दिए ।

‘ति छात्राले क्याम्पस प्रमुख माथी लगाएको आरोप गम्भीर छ । यस बिषयमा प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको अबस्थामा पुस ८ गते तारेखमा छुटेका क्याम्पस प्रमुख सिधै क्याम्पसमा आए पछि यहाँका महिला र बिद्यार्थीहरुको बिरोध गरिहेका छन , यो अबस्थामा क्याम्स प्रमुखले गर्ने नियमित्त कार्य मान्न सकिने अबस्था छैन,’– अध्यक्ष केसीले भने । संचालक समिति सदस्य टंकनाथ भण्डारीले भने क्याम्पस प्रमुखले अभद्र व्यहार गरेको भनिएको मितिमा उनी क्याम्समै नआएको हाजिर रजिष्टरमै हेरेरे थाह पाईएकोले यो बिषयलाई धेरै चर्काईरहनु नपर्ने बिषय भएको आशय प्रकट गरे ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो