Salime Malika Krishi Farm

Awareness Campaign

रेडक्रस गुल्मीको सभापतिमा कृष्णप्रसाद पोख्रेल



ओझेलका खबर
१ वर्ष अगाडि


Awareness

Place for ads

१३ पुस गुल्मी । नेपाल रेडक्रस सोसाइटी तम्घास उपशाखा गुल्मीको सभापतिमा कृष्णप्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छ्न । शनिबार सदरमुकाम तम्घासमा भएको उपशाखाको १७ औं जिल्ला सभा तथा ११ औं अधिवेशनबाट आगामी दुई वर्ष कार्यकालका लागि पोखरेल सभापतिमा निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै उपसभापतिमा सीता आचार्य, सचिवमा राम बहादुर कुँवर, कोषाध्यक्षमा गणेश श्रेष्ठ, उप–सचिवमा वीरेन्द्रकुमार श्रेष्ठ, उप–कोषाध्यक्षमा थम्मन बहादुर केसी सर्वसम्मत निर्वाचित भएका छ्न ।

सदस्यहरुमा ईश्वरीप्रसाद पौडेल, रेशम कुँवर, लक्ष्मी पन्थी अर्याल, खगेन्द्रराज पाण्डे, अनिल कक्षपति सहितको ११ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

सिंचाई
Forest
Ad.

जिल्ला शाखा गुल्मीकी उपसभापति राधा पन्थीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुर्व अध्यक्ष चुरामणि पन्थी, ईश्वरी प्रसाद पौडेल, नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रका सभापति अखिलेश्वरप्रसाद पाण्डेको  आतिथ्यता  रहेको  थियो  ।

त्यस्तै नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेश उपसभापति शेर बहादुर थापा, गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पन्थी, नेपाल रेडक्रस सोसाइटी गुल्मीका यशस्कर सदस्य ताराप्रसाद भुसाल, रेसुंगा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष बाबुराम खत्रीको आतिथ्यता रहेको थियो ।

उपशाखा उपसभापति सीता आचार्यको सभापतित्व रहेको कार्यक्रममा सदस्य विनोद पाण्डेको स्वागत मन्तव्य र कृष्णप्रसाद पोखरेलको सञ्चालन रहेको थियो ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो