Salime Malika Krishi Farm

Awareness Campaign

छात्रामाथी यौन दुव्र्यवहारका आरोपी रुद्रवतीका क्याम्पस प्रमुखको राजिनाम माग



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार
११ पुस गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामिटक्सार स्थित रुद्रवती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले आफैले पढाउने एक छात्रालाई यौन दुव्यवहार गरेको आरोप पीडित भनिएकी छात्राले लगाउँदै आएकी छन।

पीडित छात्राले आफु माथी क्याम्पस प्रमुख कृष्णप्रसाद सापकोटाले यौन दुव्यवहार गरेको बयान दिदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आए पनि प्रहरीले २४ घण्टा सम्म मिल्ने ÷ मिलाउने वाहनामा अल्मलाउने काम गरेको र मंसिर ३० गते मुद्धालाई झ्यासमिस पार्ने गरि यौन दृव्यहार बिरुद्ध अदालतमा जानु पर्ने मुद्धा जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारको मुद्धा दर्ता गरि पीडित छात्रालाई थप पीडित बनाउन खोजेको भन्दै ती पीडित छात्रा पक्षधर संगठनहरुले आवाज उठाउन थालेका छन ।

यहि क्रममा बिहिबार नेकपा एमाले निकट विद्यार्थी सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन ( अनेरास्ववियु ) गुल्मी जिल्ला कमिटीले क्याम्पस प्रमुख सापकोटाको राजिनामा माग गर्दै उनको कार्यकक्षमा तालबन्दी गरेको छ ।

सिंचाई
Forest
Ad.

अनेरास्वयुवियुका जिल्ला अध्यक्ष आशिष गौतमद्धारा बिहिबार जारि बिज्ञप्तीमा लेखिएको छ –‘ गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्वर ७ स्थित रुद्रवाती बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद सापकोटाको पटक पटक उक्त क्याम्पसमा अध्यानरत छात्रा माथी गरिएको यौन दुव्र्यवहार र छात्रा माथी दिईएको मानसिक पिडाको घटना प्रति अखिर नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी गुल्मीको गम्भीर ध्यानाकषर्ण भएको छ ।
क्याम्पस प्रमुख जस्तो गरिमामय पदमा बसेको ब्यक्तिले आफ्नै छोरा छोरी समान विद्यार्थी माथी गरिएको यस किशिमको दुव्र्यवहारले हामी सबै विद्यार्थी माथी अपमानित र हिनतावोध गराएको छ र उक्त घटनाको अनेरास्वुवियु जिल्ला कमिटी गुल्मी घोर निन्दा एवं भत्र्सना गर्दछ ।
साथै यस घटनामा पीडित छात्राले न्यायको निम्ति जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जस्तो पदमा बसेको ब्यक्तीले आरोपित ब्यक्ति माथी कानुन बमोजिम छानविन गरि कार्वाही गर्नुको साटो यौन दुव्यवहारको उजुरीलाई अभद्र व्यवहारमा बिषयान्तर गरि पीडित छात्रा माथी थप पिडा दिएको घटना प्रति पनि अनेरास्वुवियु जिल्ला कमिटी गुल्मी गम्भीर असहमति जाहेर गर्दछ ।
साथै यस घटना संलग्न रहेका क्याम्पस प्रमुख कृष्णप्रसाद सापकोटाले नैतिकताका आधारमा तत्कालन राजिनामा गर्न जोडदार माग गर्दछौं ।
यस घटनाका दोषि क्याम्पस प्रमुखले राजिनामा नदिए सम्म क्याम्पस प्रमुखको कार्यकक्षा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गर्दछौं र कानुन बमोजिम कार्बाहीको निम्ति सरोकार निकाय संग जोडदार माग गर्दछौ ।
अन्यथा यस घटनाबाट उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवार क्याम्पस प्रशासन र सम्बन्धित निकाय हुने चेतवानी दिन चाहन्छौं । ’
यसै बिच अखिल नेपाल महिला संघ मुसिकोट नगरकमिटीले पनि यौन दुव्यवहारको मुद्धालाई जिल्ला अदालतमा लैजानुको साटो जिल्ला प्रशासनमा लगेर अभद्र व्यहारको मुद्धा दायर गरेको प्रति आपत्ती जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भने सरकारी वकिलको कार्यालयबाट उक्त मुद्धा आएको र अभद्र व्यवहार प्रकृतिको मुद्धा भएका कारण आफुले धरौटीमा रिहा गरेको बताउँदै आएका छन ।
उजुरी लिएर गएकी छात्रालाई जिल्ला प्रहरी कार्यालयमा करिव २४ घण्टा सम्म मेलमिलाप गराउने प्रयासका साथ मानसिक दवाव दिईएको र ति छात्रा नमिल्ने भन्दै फर्के पछि एक्कासी क्याम्पस प्रमुखलाई पक्राउ गरि थम्थमाउने प्रयास गरिएको र यौन दुव्यवहारको मुद्धालाई बिषयान्तर गरि अभद्र व्यवहारको मुद्धा प्रशासनमा दायर गरि क्याम्पस प्रमुखलाई राजनैतिक शक्तिकै आडमा बचाउ गर्ने खेल भईरहेको पीडित छात्रा पक्षधरहरुको आरोप छ । प्रमुख जिल्ला अधिकारी गौतमले निज क्याम्पस प्रमुखलाई ८ हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →