Clean Water Campaign

Awareness Campaign

विदेशबाट फर्किएका गुल्मीका युवक एक महिना देखि काठमाडौंबाटै बेपत्ता



प्रेम सुनार
८ महिना अगाडि


Awareness

Place for ads

 

८ पुस ०८२ गुल्मी । बिदेश बाट स्वदेश फर्किने क्रममा काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका गुल्मीका एक युवा गत एक महिना देखि काठमाडौ बाटै बेपत्ता भएका छ्न ।
जिल्लाको मुसिकोट नगरपालिका -२ अमराई कुन्दलाका २७ बर्षिय किस्मत सुनार एक महिना देखि बेपत्ता भएका हुन ।

दुबई बाट गत मङ्सिर ८ गते ११ बजेको फ्लाइटमा त्रिभुवनविमानस्थलमा a ओर्लिएका सुनार काठमाडौको गङ्गुवा बसपार्कको लक्ष्मी होटेलमा पुगेको र त्यहाँ एक हप्ता बसेर निस्केको होटल मालिकले परिबारजनलाई जानकारी दिएको बताईन्छ ।

सिंचाई
Forest
Ad.

त्यस अघि दिल्लीको नोयडा सेक्टर नम्बर ३७ मा रहेकी आमा सेनि सुनार र दिदि सरश्वति सुनार सङ्ग फोन सम्पर्कमा रहेका उनि होटेल बाट नुस्के पछि हाल सम्म सम्पर्क विहिन छ्न ।

उनि बेपत्ता भए पछि पिर चिन्तामा परेका परिबारजनले कतै खोजतलास गर्दा फेला नपरे पछि दिल्ली बाट यस ओझेलका खबर मार्फत उनि जहाँ जस्तो अबस्थामा भए पनि सम्पर्कमा आई दिन र देख्नु चिन्नु हुने महानुभावले नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सुचित गरिदिन अपिल गरेका छ्न ।

परिबारजनका अनुसार किस्मत दुई बर्ष अघि दुबईमा बसेर घर फर्किएका थिए । पुन छ महिना अघि मात्र त्यहाँ पुगेका उनि दलालले धोका दिए पछि काम नपाएर ६ महिना मै फर्किएका थिए ।

 

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →