Clean Water Campaign

Awareness Campaign

गुल्मी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा झविन्द्र सुनार



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

७ पुस २०८१ गुल्मी । गुल्मी सुनचाँदी व्यवसायी संघ गुल्मी जिल्ला कार्य समितिको अध्यक्ष पदमा पराल्मिका झविन्द्र सुनार सर्वसम्मत चयन भएका छ्न ।

शनिबार सदरमुकाम तम्घासमा सम्पन्न संघको आठौं साधरण सभा तथा चौधौं जिल्ला अधिवेशनले पुर्व उपाध्यक्ष रहेका सुनारलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सिंचाई
Forest
Ad.

त्यस्तै वरिष्ठ उपाध्यक्षमा राम बहादुर सुनार ( दिपक ) उपाध्यक्ष त्रैय: ज्ञानेन्द्र सुनार , हेमन्त सुनार र कमल सुनार चयन भएका छ्न ।

संघको महासचिवमा राम वराल सर्वसम्मत चयन भएका छ्न । सचिबमा सुवर्ण बराल , सहसचिवमा श्रीकृष्ण सुनार र कोषाध्यक्षमा इन्द्र बहादुर चुदरा ( रमेश ) चयन भएका छ्न ।

पदाधिकारी सहित २७ सदस्यीय कार्य समिति चयन भएको नवनिर्वाचित अध्यक्ष सुनारले जानकारी दिए ।
गुल्मीमा सुनचाँदी व्यवसायी फर्मका रुपमा १०९ वटा दर्ता भएका छ्न ।

त्यसमा एउटा पनि महिलाको नाममा नहुँदा महिलाहरु कार्य समितिमा आउन नसकेका हुन ।

Awareness by SKF

सुनको मुल्यले आकाश छुदै जादा र आर्थिक मन्दीले लगानी गर्न नसक्दा गाउँका सुनारहरु अन्य पेशामा पलायन भएका छ्न ।

साधरण सभामा गाउँका ति विस्थापित सुनारहरुलाई कसरी परंरागत पेशामा फर्काउने भन्ने बारे चिन्तन चलेको पाईएन ।

त्यसो त स्थापित भनिएका बजार क्षेत्र कै सुनारहरु धारासायि भएको र कालिगड टिकाउन नसक्ने अबस्थामा पुगेको चिन्ता ब्यक्त गर्दै थिए ।

अधिवेशनको लुम्बिनी प्रदेश सदस्य डिल्लीराज भुसालले उद्घाटन गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो