Smoking Causes Cancer

गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु



ओझेलका खबर
२ वर्ष अगाडि


Place for ads

 

६ पुस २०८१, गुल्मी । शनिबार ( आज ) अपरान्ह गुल्मीको इस्मा गाउँपालिका १ , हर्पुकोटकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । हर्पुकोट शिवालय टोलकी १९ बर्षीया सुजता बिकको भिरबाट लडेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्याल गुल्मीका निमित्त प्रमुख डिएसपी शंकर पोखरेलले घटनाको पुष्टि गर्दै भने–‘ हो, हामी सोही घटना स्थलमा पुगेर फर्किदैछौं । ’ उनका अनुसार शनिबार दिउँसो स्थानीय बसेनी सामुदायिक बनमा घाँस काटन गएको बेला बिकको भिरबाट लडेर ज्यान गएको हो ।  बसेनी सामुदायिक बनको बुकी खोलाबाट करिव सय मिटर तल खसेर उनको मृत्यु भएको त्यस वडाका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

उनि विवाहित हुन । त्यस वडाका वडाध्यक्ष  कुँवरका अनुसार उनको बिवाह धुर्कोट गाउँपालिका ६ रातमाटामा भएको हो । रातामाटा स्थित उनि राजृ बिककी श्रीमति हुन । उनको १८ महिनको छोरा छन । उनि दशैमा आए देखि हाल सम्म माईती मै बस्दै आएकी थिईन ।   । उनि सहित ३ जना घाँस काटन गएका थिए । उनको शव पोष्ट मार्टमका लागि तम्घास ल्याईदैछ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो