Salime Malika Krishi Farm

Awareness Campaign

प्रहरी निरीक्षक दलबहादुर रानालाई स्थानीयले सम्मान गर्दा खै प्रहरी ?



ओझेलका खबर
१ वर्ष अगाडि


Awareness

Place for ads


प्रेम सुनार
गुल्मी, ६ पुस २०८१ । राष्ट्रकै एक होनहार सपुद ! नेपाल प्रहरीको तर्फबाट अन्तराष्ट्रिय क्षेत्रमा समेत नेपालको झण्डा फर्फराएर देशको नाम उचो राख्न सफल खेल क्षेत्रको एक अब्बल पात्र ।जसको नाम हो दलबहादुर राना मगर । जसको भौतिक शरिर अहिले स्वर्गिय दलबहादुर राना मगरमा परिणत भएको छ तर उसको नाम र योगदान सधै जिवित छ , भईनै रहनेछ ।

२०५० को दशक सम्म देशकै चर्चित मुक्केवाजका रुपमा लोकप्रियता कमाएका उनै दलबहादुर रानाको नेपाल प्रहरीको प्रहरी निरीक्षकको पदमा कार्यरत छँदा २०५५ साल जेठ ४ गतेका दिन उपचारका क्रममा बिरेन्द्र प्रहरी अस्पतालमा ३७ बर्षको उमेरमा निधन भएको थियो । २०३६ सालमा प्रहरी निरक्षकमा निुयुक्ती पाएका राना मगर २०३७ साल देखि बक्सिङ्गमा राष्ट्रिय खेलाडीका रुपमा सहभागि भए । लगत्तै उनर्ले अन्तराष्ट्रिय खेलाडीका रुपमा विभिन्न मुलकमा भाग लिई उनले देशलाई स्वर्ण पदक सहित विभिन्न पदकहरु दिलाए । तर उनको मृत्यु पश्चात उनको यथक योगदान पनि मर्न पुग्यो । अहिले उनै अथक योद्धाको मृत्यु भएको पनि २६ बर्ष भए छ ।

यो अवधी सम्म कसैले उनको फाटफुट नाम लिए पनि उनको योगदानको सम्मान गर्नेतिर कसैले चासो दिएका थिएनन । जेहोस ढिलै भए पनि उनको गृह जिल्लाको स्थानीय सरकारले उनको सम्मान गर्नु पर्छ भन्ने सोच्यो । जिल्लाको रेसुङ्गा नगरपालिका ४ जोगिथुम घर भएका राना मगरलाई उनैले विहान बेलुका घाम ताप्ने त कहिले गर्मीमा सितल छाहरी लिने चोक मै उनको प्रतिमा सहित स्मृति चोक स्थापना ग¥यो रेसुङ्गा नगरपालिकाले यो आफैमा सह्रानिय पक्ष थियो । अझ झन स्थानीय सरकारबाटै सम्मान पाउनु नेपाल प्रहरीका लागि थप हौसला र गर्वको कुरा थियो ।

सिंचाई
Forest
Ad.

प्रतिमाको रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले अनावरण गरेपछि नेपाल प्रहरीको एक टुकुडीले त्यस अवसरमा स्वर्गिय प्रहरी निरीक्षक दलबहादुर राना प्रति सम्मान गारद देला भन्ने अपेक्षा त्यहाँ सहभागि अगुवाहरुले गरेका रहेछन । तर औपचारिक रुपमा त्यहाँ प्रहरीको प्रतिनिधित्व सम्म देखिएन । एउटा सुरक्षा निकायको साहदत अधिकृतको सम्मान कार्यक्रममा सके त यहाँका चार वटै सुरक्षा निकायको प्रतिनिधित्व हुनुपर्दथ्यो । त्यति पनि नभए प्रहरीको त अनिबार्य प्रतिनिधित्व हुनु पर्ने देखिन्छ भन्दै थिए सहभागिहरु । आयोजक रेसुङ्गा नगरपालिका वडा नम्वर ४ , स्वयम नगरपालिका पनि । त्यस माथी नेपाल भुतपुर्व प्रहरी संगठन जिल्ला कार्य समिति । यी तिन वटैले तै प्रहरीलाई खबर नै गरेन कि ? भनेर हामीले जिज्ञाषा राख्यौं ।

वडा नम्वर ४ का वडाध्यक्ष लिलाधर आचार्य संग यसबारे जिज्ञाषा राख्दा उनले भने –‘यो पालिकाकै कार्यक्रम भएकोले हामीले यस बारे ख्याल गरेनौं । साँच्ची नै यो त प्रहरीले गर्ने पर्ने कार्य हो । उता स्वर्गिय दलबहादुरका भाई चिन्तामणि राना नै नेपाल भुतपुर्व प्रहरी संगठन जिल्ला कार्य समितिका सचिव हुन । नेपाल प्रहरीबाट असईमा अवकास प्राप्त उनलाई कतै तपाईले सुचित नगर्नु भएको कि ? भनेर हामीले सोध्धा उनि भन्छन –‘मैले त प्रहरी प्रमुख देखि सिडियो साव सम्मलाई पत्र दिई निमन्त्रणा गरी आएको हुँ । प्रहरीले सम्मान प्रकट गर्न त आउनु पर्दथ्यो तर यस बारे ख्यालै भएन । ;

उता रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी र नेपाली कांग्रेस जिल्ला कार्य समिति सहसचिव छवि पाण्डे यो बिषय खड्कििएकै बिषय भएको बताउँछन । यस बारे हामीले जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख डिएसपी शंकर पोखरेलको ध्यानकृष्ट गराएका थियौं । उनको जवाफ थियो , –‘उहाँ प्रति सम्मान नगर्ने कुरै छैन । हिजोको हकमा यहाँ धेरै घटनाहरु घटे । हामी त्यता बिजी भईयो । तै पनि दुई जना भाईहरुलाई सुरक्षार्थ खटाएका थियौँँ । हिजो हाम्रो तर्फबाट सम्मान दिन नसके पनि आगमी दिनमा अबश्य सम्मान गर्नेनै छौं । ’

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो