Clean Water Campaign

Awareness Campaign

यस बर्ष पनि महेन्द्र  मावि तम्घासका ५ जना विद्यार्थीले डाक्टरमा नाम निकाले



प्रेम सुनार
८ महिना अगाडि


Awareness

Place for ads

 प्रेम सुनार
गुल्मी ६ पुस , २०८१: प्रायः प्रत्येक बर्ष ४/५ जना विद्यार्थीहरुले डाक्टर, ईन्जिनियरमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्दै आएका गुल्मीको सदरमुकाम तम्घासको महेन्द्र नमुना माध्यामिक विद्यालयका विद्यार्थीहरुले यस बर्ष पनि बाजी मारेका छन। विगतका बर्षहरुमा झै यस बर्ष पनि त्यस बिद्यालयबाट कक्षा १२ उतिर्ण गरेका ५ जना डाक्टर सहित १२ जना विद्यार्थीहरुले विभिन्न बिषयमा पुर्ण छात्रावत्तिमा नाम निकाल्न सफल भएका छन।

महेन्द्र नमुना माविबाट गत शैक्षिक सत्रमा कक्षा १२ उत्तिर्ण गरेका गुल्मीदरबार गाउँपालिका– ३ का सागर थापा, धुर्कोट गाउँपालिका-१, नयाँगाउँका रोविन पाध्यावती, रेसुङ्गा नगरपालिका-१०, सिमिचौरकी चन्द्रकला अर्याल र सोही पालिका-९, उपल्लो तम्घासकी सृष्टि आचार्यले एमबिबिएस डाक्टरमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन।

यदि पुर्ण छात्रावृत्तिको यो अवसर नपाएको भए हाम्रो आर्थिक अवस्थाले छोराछोरीलाई डाक्टर पढाउने बिषय आफुहरुले कल्पना गर्न समेत नसक्ने उनका अभिभावकहरुले शुक्रबार त्यस बिद्यालयले आयेजना गरेको सम्मान तथा बधाई कार्यक्रममा बताए ।

सिंचाई
Forest
Ad.

त्यस्तै सोही विद्यालयबाट कक्षा १२ मा उतिर्ण भएका रेसुङ्गा ८ निवासी सामना मरासिनीले आयुवेर्दिक डाक्टरमा र , कार्डियो भस्कुलर प्रफ्युजनमा इस्मा– ५ का अमृत अर्याल , बिएससी नर्सिङ्गमा, रेसुङ्गा– ४ सेउघाकी गिता पन्थी र इस्मा –१ हस्तीचौकी करिश्मा बिश्वकर्माले पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन ।

त्यस्तै बिएससी भेटेरिनरीमा रेसुङ्गा –६ का जगदिश मरासिनी, सोही पालिका – ७ का किशोर पन्थी , सोही पालिका– ३ का कृष्ण कुँवरले बिबिएमा र सोही पालिका– ७ का आयुष पन्थीले बिसिएमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन्।

जुन शिक्षकहरुले उदाहरण दिए

पूर्ण छात्रवृत्ति पाउने विद्यार्थीहरु मध्ये एमबिबिएस डाक्टरमा नाम निकाल्ने रोविन पाध्यावतीका पिता रोम बिश्वकर्मा सोही महेन्द्र नमुना माविका अग्रेजी तथा विज्ञान  शिक्षक हुन। बिसिएमा नाम निकल्ने बिद्यार्थी आयुष पन्थीका पिता खिमलाल पन्थी पनि सोही बिद्यालयकै शिक्षक हुन।

Awareness by SKF

जगदिश मरासिनीका पिता यमलाल मरासिनी पनि भनभने माविका शिक्षक हुन । करिश्मा बिश्वकर्माका पिता नविन बिश्वकर्मा पनि देविस्थान मावि इस्मा– २ ताल्तुङ्गका सहायक प्रधानध्यापक हुन् । अमृत अर्यालका पिता माधव अर्याल पनि रामराज्य मावि इस्मा –४ का शिक्षक हुन ।

सामुदायिक विद्यालयका यी सहित अधिकांस शिक्षकहरुलाई लाग्दै आएको आरोप छदैछ कि यिनहरुले सरकारी तलव खाएर सामुदायिक विद्यालयमा पढाउँछन तर आफ्ना छोरा छोरीहरुलाई भने बोर्डिङ्ग स्कुलमा पठाउँछन । यो आरोप मात्रै होईन, प्रायः धेरै जासोमा त्यो वास्तविकता देख्न सकिन्छ । तर सम्बन्धित आफ्नो विद्यालय हुँदै सामुदायिक विद्यालय महेन्द्र नमुना माविमै पढाएका यी शिक्षकहरुले आफ्ना छोराछोरीहरुलाई पुर्ण छात्रवृत्तिको तह सम्म पुराउन सफल भए । यस बाट के स्पष्ट हुुन्छ भने अब गुणस्तरिय शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालय छान्न सके शहरका महंगा बोर्डिङ्ग स्कुल छान्न आबश्यक छैन।

२००९ सालमा लक्ष्मी मिडिल स्कुलका रुपमा स्थापना भएको हालको महेन्द्र नमुना माविले पनि त्यही उदाहरण दिदै आएको छ । यस बर्ष बर्ष मात्रै होईन , त्यस विद्यालयबाट कक्षा १२ उतिर्ण गरेका ५ जना बिद्यार्थीहरु डाक्टर नै बनिसहेका छन । एउटै बर्षमा ति १२ जना बिद्याथीहरुले पुर्ण छात्रवृत्तिमा नाम निकाल्नु भनेको त्यस विद्यालयका लागि त्यसमा पनि सिंङ्गो गुल्मेली शैक्षिक जगतका लागि चानचुने कुरा थिएन । त्यस विद्यालयका लागि त यो बर्ष पनि गौरवमय बर्ष थियो । सोही अवसरमा शुक्रबार तिनै मेधावी विद्यार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको थियोे त्यस विद्यालयले।

कार्यक्रम सञ्चालिका तथा त्यस विद्यालयकी सहायक प्रधानध्यापक लक्ष्मी पन्थी अर्यालले खुशीको क्षण प्रत्येक बर्ष दोह्राईरहन पाउँ । कार्यक्रमका प्रमुख अतिथी त्यस विद्यालयका प्रधानध्यापक तथा रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष रामप्रसाद पन्थीले महेन्द्र नमुना माध्यामिक विद्यालयले आफुलाई जिल्लाको अब्बल सामुदायिक बिद्यालयका रुपमा उभ्याई राख्नुको यो निरन्तरता भएको बताए।

एकै बर्षमा ५ जना डाक्टर सहित १२ जना विद्यार्थीहरुलाई पुर्ण छात्रवृत्ति दिलाउने गरी बिद्यार्थी उत्पादन गर्नु चानचुने कुरा होईन, गुणस्तरिय शिक्षा प्रदान गर्न यहाँका शिक्षकहरुले खेलेको भुमिका जति प्रशंसा गरे पनि कम हुन्छ वडाध्यक्ष पन्थीले भने बिद्यालय व्यवस्थापन समितिले गर्नु पर्ने सहयोग र रेसुङ्गा नगरपालिकाले गर्नु पर्ने सहयोगमा कमि हुन दिने छैनौं ।

पुर्ण छात्रावृत्ति प्राप्त विद्यार्थीहरुको तर्फ बाट बोल्दै सागर थापा,चन्द्रकला अर्याल र करिष्मा बिश्वकर्माले महेन्द्र नमुना माविका शिक्षकहरुले दिएको शिक्षाको परिणामले आफु निशुल्क उच्च शिक्षाको मैदानमा पुग्ने अवसर पाएको भन्दै कृतज्ञता जाहेर गरेका थिए ।  कार्यक्रमको अध्यक्षता गरेका त्यस बिद्यालयका प्रधानध्यापक कृष्णप्रसाद मरासिनी कार्यक्रम अवधीभर हर्षविभोर देखिन्थे । कार्यक्रमलाई समापन गर्दै प्रधानध्यापक मरासिनीले यो बर्ष पनि महेन्द्र नमुना माविको गौरवमय बर्ष भएको भन्दै पुर्ण छात्रवृत्ति प्राप्त बिध्याथीहरुलाई बधाई दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →